Breaking News

मंसिरभित्र निर्वाचन नभए लोकतन्त्र सकिन्छः सिटौला

११ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी मंसिरभित्र संविधानसभाको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने दावी गर्नु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उहाँले मंसिरमा निर्वाचन हुन नसके राजनीतिक दलहरु, प्रधानन्यायाधीश र निर्वाचन आयोगका पदाधिकारीहरुमाथिको विश्वास नै हुने बताउनु भयो । उहाँले भन्नुभयो-’संविधानसभा विघठनपछि लोकतन्त्र नै डिरेल भएको अवस्थामा निर्वाचन नगरी ट्रयाकमा आउँदैन । त्यसैले जसरी पनि मंसिरमा निर्वाचन गर्नै पर्छ ।’

नर्वाचन आयोगले आफ्नो काम प्रभावकारी रुपमा गर्न नसकेकोले निर्वाचनको विषयमा आशंकाहरु उत्पन्न भएको भन्दै उहाँले असार १५ सम्म मतदाता नामावली संकलनको काम पुरा भए मात्रै मंसिरमा निर्वाचन सुनिश्चित हुने सक्ने बताए । सिटौलाले भन्नुभयो-’निर्वाचन आयोगमा गयो भने आयुक्तहरु काम भइरहेको देखाउनु हुन्छ । तर, फिल्डमा केही काम हुन सकेको छैन । यस्तो तालले निर्वाचन हुँदैन ।’

आगामी निर्वाचनमा कसैसँग पनि तालमेल गर्ने विषयमा कुराकानी नभएको भन्दै कांग्रेस महामन्त्री सिटौलाले शीर्ष नेताहरुले तालमेलको विषयमा गरेको भाषण उनीहरुकै ब्यक्तिगत कुरामात्रै भएको बताउनु भयो । उहाँले भन्नुभयो-’गठबन्धनको विषयमा छलफल भएकै छैन । कांग्रेस तालमेल गर्ने रणनीतिमा पुगेकै छैन ।’

शीर्ष नेताहरु निर्वाचनमा प्रत्यक्ष तर्फबाट उठ्ने निश्चित प्राय भएको जानकारी दिदै उहाँले निर्वाचनको बेला पार्टीले उमेदवार चयनको लागि सर्वसम्मत ढंगले संसदीय बोर्डको गठन गर्ने बताउनु भयो ।

How about this Article

No comments:

Leave a Reply