Breaking News

नेपाल बिजेता / युगाण्डालाई ५ किवेटले पराजित गर्दै विश्वकप यात्रा तय {PHOTO}

२३ बैशाख, काठमाडौं ।
नेपाल बिजेता / युगाण्डालाई ५ किवेटले पराजित गर्दै विश्वकप यात्रा तय {PHOTO}2013-05-05-1367782204
नेपालले युगाण्डालाई ५ विकेटले पराजित गर्दै समुह बिजेत बन्न सफल भएको छ । अहिले सम्मको विश्व क्रिकेट यात्रामा सबैभन्दा ठुलो जित निकालेको नेपालले डिभिजन थ्रीको बिजेता बनेर एतिहाँसीक किर्तिमान कायम गरेको हो ।

बर्मुडामा आयोजित डिभिजन तीन क्रिकेटमा पाएको ऐतिहासिक सफलतासंगै नेपाली टोलीले क्रिकेटमा ठूलो फड्को मारेको छ । युगान्डा र अमेरिकासँगको पहिलो दुई खेलमा लगातार हारेर पनि नेपालले पछिल्ला ३ खेलमा नाटकिय पुनरावगमन गर्दै आयोजक बर्मुडा, ओमान र इटालीलाई पराजित मात्र गरेर डीभजन २ मा पुग्यो। समूह चरणमा युगान्डासँगको हारको बदला लिँदै नेपालले डिभिजन ३ को उपाधिसमेत जित्यो।
आइतबार राति भएको फाइनलमा नेपालले युगान्डालाई ५ विकेटले पराजित गर्‍यो। युगान्डाले बनाएको १ सय ५२ रनको जवाफ नेपालले ३९.२ ओभरमा ५ विकेट बाँकी छँदै दिएको थियो।
अब नेपालले १० टोली समावेश विश्वकप क्लालिफायर खेल्नेछ। प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, क्यानाडा, केन्या, स्कटल्यान्ड युगान्डा, हङकङ, पपुवा न्युगिनी, युएई र नामिबिया छन्।
यो प्रतियोगिताको शीर्ष दुई टिमले विश्वकप क्रिकेट खेल्नेछन् भने त्यसपछिका दुई टिमले चार वर्षसम्म एक दिवसीय क्रिकेटको मान्यता पाउनेछन्।
आइतबार राति उपाधिका लागि भएको खेलमा युगान्डाले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले ३९.२ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको हो । नेपालका लागि प्रदिप ऐरी ६०, सरद भेसवाकर ५० ,विनोद भण्लेडारी ५, पृथु बाँस्कोटाले १९ पारस खड्का १, ज्ञानेन्द्र मल्ल ५, सुबास खकुरेल ४ रन बनाएर आउट भएका थिए ।
सरद र पृथु अभिजित रहे ।
कमजोर सुरुआत गरेको नेपालले मध्यक्रमका व्याट्समेन चम्कदा ३९.२ओभरमै ऐतिहासिक सफलता हात पारेको हो ।
यसअघि विश्व क्रिकेट लिग डिभिजन ३ मा समूह चरणको अन्तिम दिनको रोमाञ्चक खेलमा नेपाल डिभिजन २ मा उक्लँदै एकदिवसीय विश्वकप छनोटमा प्रवेश गरेको छ।











How about this Article

No comments:

Leave a Reply