Breaking News

अल्जजिरामा नेपाली फिल्मलाई जुरी अवार्ड


यहि अप्रील १८ देखी २१ तारिखसम्म कतारको दोहामा सम्पन्न नवौं अल्जजिरा अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा नेपालीले बनाएको 'द कोरियन ड्रिम'ले जुरी अवार्ड हात पारेको छ ।

सर्ट फिल्म अर्न्तगतको बिधामा 'द कोरियन ड्रिम'ले जुरी अवार्ड सहित कतारी रियाल १५ हजार नगद र ट्रफी हात पार्‍यो । अरव मुलक र अर्न्तराष्ट्रिय गरी १५ जना निर्णायक प्यानलहरुले प्रतियोगी फिल्महरुलाई हेर्ने र मुल्याङ्कन गर्ने कार्य गरेका थिए । विश्व भरका कुल ९० देशबाट १३९५ फिल्महरुले सहभागिताको आवेदन दिएकोमा ३३ देशका कुल २०५ वटा फिल्महरु मात्र छनौट तथा सामेल गरिएको थियो । जसमा २३ वटा लामा, ८२ वटा मध्यम, ५३ वटा लघु, ३७ वटा न्यु होराइजन र ११ वटा प्रोमिसीङ बृत्तचित्र फिल्महरु थिए ।

निर्माता तथा निर्देशक अशोक थापाले आफ्नो फिल्मले अर्न्तराष्ट्रिय प्रतिष्पर्धामा जित हात पारेपछि फिल्मीखबर समक्ष खुसी साटे । 'अल्जजिरामा फिल्म फेस्टिभलमा नेपाली फिल्मले जित हात पारेको यो पहिलो पटक हो त्यसैले पनि म आज निकै खुसी छु,' अशोकले हर्षित मुद्रामा भने ।


९ बर्ष देखि कोरियामा बस्दै आएका अशोकले दुई वटा नयाँ प्रोजेक्ट गर्ने तयारी गरेको बताउँदै निकट भविष्यमा फिचर फिल्म समेत निर्देशन गर्ने बताए । 'यस किसिमको जितले निकै हौसला दिने रहेछ,' अशोकले भने- 'आगामी दिनमा पनि विश्वमा नेपाललाई चिनाउने गरेर फिल्म तथा डकुमेन्ट्री बनाउने छु ।'

How about this Article

No comments:

Leave a Reply