Breaking News

तितो सत्य युनिटले ठुलोपर्दाको चलचित्र बनाउंदै / निर्देशन दिनेश डि सी ले गर्ने

नेपाल टेलिभिजन बाट बिगत लामो समय देखि प्रदर्शन हुँदै आएको लोकप्रिय कार्यक्रम 'तितो सत्य ' ले आफ्नो सफलतम ५०० औ भाग पुरा गरिसकेको छ  ।
निर्देशक दिपक राज गिरिको हास्य टेली शृंखला तितो सत्यको युनिटले अब सानो पर्दामा मात्रै हैं अब ठुलो पर्दामा पनि काम गर्ने भएको छ  । तितो सत्यका क्याप्टेन दिपक राज गिरीको कथामा अब एउटा नेपाली कथानक चलचित्र निर्माण हुने भएको छ  । 


फिल्मी अपडेट संगको बिशेस कुराकानीमा तितो सत्य कि दिपा अभिनेत्री दिपाश्री निरौलाले भनिन " अहिले हाम्रो स्क्रिप्टको काम हुँदैछ अब केहि दिनमा काम फाइनल गरेर हामि कलाकारको खोजीमा लाग्ने छौ " र हाम्रो अर्को प्रश्न चलचित्र कहिले फ्लोरमा जाने फिक्स भो त ? भन्दा उनको जबाफ यस्तो थियो  । " हामिले फिल्मको नाम जुराएका छैनौ अब नाम जुराउछौ स्क्रिप्ट फाईनल भएपछि अनि सायद असार महिनाबाट हामि फ्लोरमा जान्छौ " ।

दिपक राज गिरीको कथामा बन्ने तितो सत्य युनिटको ठुलोपर्दाको नेपालि कथानक चलचित्रमा भने दिपक आफै निर्देशन गर्दै छैनन ,उनको चलचित्रमा निर्देशक दिनेश डिसी ले निर्देशनको पाटो समाल्ने भएका छन् ।
सधै अरुले बनाएको चलचित्रको बारेमा कुरा गर्ने र आफ्नो कार्यक्रममा तेस्तै खुराक पस्कने दिपक जि को चलचित्र कस्तो बन्ने हो यो हेर्न बाँकी नै छ । फिल्मी अपडेटको तर्फबाट अग्रिम बधाई एबम सुभकामना तितो सत्य  युनिट लाई ।

How about this Article

No comments:

Leave a Reply