Breaking News

सुपरकिंग्स पाँचौ पटक फाइनलमा, मुम्वइद्धारा आत्मसमर्पण

DLF-IPL-6८ जेठ,काठमाडौ। आईपिएलमा गए राती खेलिएको पहिलो प्लेअफमा चेन्नइ सुपरकिंग्सले जित हासिल गरेको छ।पहिलो प्लेअफमा चेन्नइ सुपर किंग्सले मुम्बइ इन्डियन्सलाई हराएको हो ।
जित संगै सुपरकिंग्स फाइनलमा प्रवेश गरेको छ। महेन्द्र सिंह धोनीको कप्तानीमा सुपर किंग्स फाइनलमा पुगेको यो पाँचौ पटक हो।
टस जितेर पहिले ब्याटिङ रोजेको सुपर किंग्सले २० ओभरमा १९२ रनको पहाड खडा गरेको थियो। सुपर किंग्सका लागी माइक हसीले ८६ रन र सुरेश रैनाले ८२ रनको आक्रामक नटआउट पारी खेलेका थिए ।
सुपरकिंग्सले १ विकेट मात्रै गुमाएको थियो।
१९३ रनको लक्ष्य सहित मैदानमा उत्रिएको मुम्बइ इन्डियन्सले राम्रो शुरुवात गरेको थियो। मुम्बइका लागी ड्वेन स्मिथले ६८ रन बनाए पनि अन्य सवै ब्याट्सम्यानले घुँडा टेकेका थिए। सुपरकिंग्सले ४८ रनले जित हासिल गरेको थियो ।
मुम्बइ इन्डियन्स मात्र १८.४ ओभर खेल्दै १४४ रनमा समेटिएपछि सुपर किंग्सले फाइनलको यात्र तय गरेको हो। 
पहिलो प्लेअफमा हारे पनि मुम्बईले अझै एक मौका भने पाउने छ।
आज दोस्रो प्लेअफ सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबिच हँदैछ।

How about this Article

No comments:

Leave a Reply