ओली भन्छन् 'कांग्रेससंग मिलेर चुनाव लड्नु पर्दछ'
झापा पुगेर धरातलिय यथार्थ बुझेपछी ओलीले लोकतान्त्रीक शक्तिहरु एकताबद्ध भएर संबिधानसभा निर्वाचनमा जानु पर्ने बताउनु भन्दै कांग्रेससंगको सहकार्यलाई जोड दिएका छन् ।
यसका लागि नेकपा एमाले आफैले अगुवाई गर्ने समेत उनले बताए ।
झापाको दमकमा आज पत्रकारहरुसंग कुरा गर्दै नेता ओलीले नेकपा एमालेको बहमत र लोकतान्त्रीक शक्तिहरुको दुई तिहाई मत भएमात्र संबिधानसभा मार्फत संबिधान बन्ने दाबी पनि गरे ।
कसैले चाहेर पनि अब संबिधानसभाको निर्वाचन नरोकिने उनले बताएका थिए ।
चुनावको तयारीमा राजनैतिक दलहरु जुटिरहेका बेला नेता ओली एकसाता यता पुर्वी पहाडी जिल्लाको भ्रमणमा छन् ।

No comments: