Breaking News

प्रचण्ड रिसाए, झलनाथ र सुशीलको झाँको झार्ने

Prachanda angry mood१० जेठ, काठमाडौं । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठब नबोलाइएको बिषयमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसंग आज स्पष्टिकरण लिने भएका छन । विहिबारका लागि बोलाउने भनिएको संयन्त्रको बैठक बोलाउन आलटाल गरेको भदै प्रचण्ड रिसाएका छन् ।
बुधवार एमाले पार्टी कार्यालय बल्खुमा कांग्रेस एमालेको बैठक बसेर निर्वाचन भाड्ने षडयन्त्र गरेको भन्दै प्रचण्ड दुवै दलका नेतासँग रिसाएका छन् । दुइदलको बैठकले माओवादी चुनावबाट भाग्न खोजेको आरोप लगाएर मंसीरमा चुनाव नहुने भित्री निश्कर्ष निकालेको थियो ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले मंसीरमा चुनाव गर्नको लागि वाताबरण बनाउन विशेष प्रस्ताव ल्याउने तयारी गरेका छन । राजनीतिक संयन्त्रको औचित्यमाथी प्रश्न उठन थालेपछि प्रचण्डले संयन्त्रलाइ प्रभावकारी बनाउन समेत प्रस्ताव गर्नेछन् ।

How about this Article

No comments:

Leave a Reply