Breaking News

बम विष्फोटमा ७० को मृत्यु

baghdad bombing१४ जेठ,काठमाडौ। इराकमा सोमवार भएको श्रृंखलाबद्ध विष्फोटमा ७० भन्दा बढि मानिसको ज्यान गएको छ। सोमवार राजधानी बगदादमा कयौं विष्फोट गराइएको थियो । कम्तिमा एक दर्जन विष्फोटको आवाज सुनिएको बताइएको छ ७० जनाको ज्यान गरि गराइएको विष्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन्। अधिकारीहरुले सुन्नी मुस्लिम विद्रोही र अलकाइदाको इराकी विंगलाई विस्फोटको जिम्मेवार मानेका छन् । 
एउटा जोडी बम बगदादको भिड भाड हुने क्षेत्र सदन सडकमा भएको थिुयो, जहाँ १३ जना मारिएका थिए, मर्नेहरुमा ४ वर्षिय बच्चा पनि सामेल रहेको बताइएकोछ। हिजो विष्फोटसंगै सन २००६-२००७ मा भएको जस्तो साम्प्रादायिक दंगा फैलिने मानिसहरुले आशंका गरेका छन्।
सुन्नी मुसलमानहरुले प्रधानमन्त्री नुरी अल मलिकीमाथी आफु विरुद्ध भेदभाव गरेको बताउने गरेका छन् । 

How about this Article

No comments:

Leave a Reply