Breaking News

प्रधानन्यायाधिषविरूद्धको रिट दर्ता गरेन सर्वोच्चले

khilraj१४ जेठ, काठमाडौ । प्रधानन्यायाधिषको हैसियतमा मन्त्रिपरिषद्को अध्यक्षको जिम्मेवारी सम्हालिरहेका खिलराज रेग्मी विरूद्ध दर्ता गर्ने खोजिएको रिट सर्वोच्च अदालतले अस्विकार गरिदिएको छ ।
दुवैतिर उच्च पद सम्हालिरहेका कारण शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्त खलबलिएकाले अदालतबाट उनले राजीनामा दिनुपर्ने माग गर्दै भरतमणि जंगमले सोमबार पेश गरेको रिटलाई प्रष्ट नभएको भन्दै सर्वोच्चले अस्विकार गरेको हो ।
अदालत प्रशासनले रेग्मीले राजीनामा गर्नुपर्ने कारण उक्त रिटमा प्रष्ट नभएको भन्दै निवेदक जंगमलाई नै रिट फिर्ता गरिदिएको हो । जंगमले पेश गरेको रिटमा रेग्मीलाई राजीनामा दिनुपर्नुको कुनै स्पष्ट संवैधानिक तथा कानुनी आधार उल्लेख नभएको बताइन्छ । प्रशासनले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम १५ (२) बमोजिम दर्ता गर्न नमिलेको बताइएको छ ।

How about this Article

No comments:

Leave a Reply