धादिङमा अदुवाको मुल्य अहिलेसम्मकै उच्च
धादिङमा अदुवाको मुल्य अहिलेसम्मकै उच्च
२७ बैशाख- धादिङको धार्के तरकारी बजारमा अदुवाको मुल्य अहिले सम्मकै उच्च भएको छ । अरु तरकारीको बजार मुल्य खस्किदो भए पनि अदुवाको बजार भाउ भने आकासिएको छ ।

राजधानीमा खपत हुने तरकारीको २५ प्रशित हिस्सा बोकेको धादिङको धार्केमा रहेको रुद्रायणी तरकारी संकलन केन्द्रमा आज अदुवा प्रतिकेजी १ सय ३२ रुपैयाँमा खरिद विक्री भएको छ । अदुवाको बजार भनेर चिनिने धार्केको तरकारी संकलन केन्द्रमा आज अदुवाको बजार मुल्य १ सय ३२ रुपैयाँमा कारोवार भएपछि अदुवा उत्पादन गर्दै आएका किसानहरुमा खुसीयाली छाएको छ । विगतका वर्षहरुमा पनि यो समयमा उच्च हुने गरेता पनि यस वर्ष भने अदुवाको उत्पादनमा कमि आएपछि अदुवाको मुल्य आकासिएको हो । भारतीय बजारमा निर्यात हुँदै आएको अदुवा भारतमै मुल्य आकासियपछि अदुवाको मुल्य आकासिएको धार्केमा अदुवा खरिद गर्दै आएका भारतीय व्यापारीहरु बताउँछन ।
अदुवाको बजार मुल्य अझै बढ्ने भएता पनि बारिमा मकै छर्नु पर्ने भएकाले अदुवा खन्नु परेको किसानहरु किसानहरुले बताएका छन् । धादिङको जिवनपुर केवलपुर छत्रेदेउराली नौबिसे थाक्रे गोगनपानी तर्सपु भुमेस्थानलगायतका गाविसमा अदुवा उत्पादन हुदै आएको छ ।

No comments: