सवारी दुर्घटनामा तीनजनाको ज्यान गयो
सवारी दुर्घटनामा तीनजनाको ज्यान गयो
चितवन, बैशाख २४ – चितवनमा सोमबार राती भएका सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । पूर्वी चितवनको वीरेन्द्रनगरमा वसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ ।
राजबिराजबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ३ ख ७९६१ नम्वरको वसले वीरेन्द्रनगरको खुरखुरेमा ना ११ प ४५२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भण्डारा २ का ४७ वर्षीय पूर्ण विक र भण्डारा ७ का ५० वर्षीय सुकराम चौधरीको ज्यान गएको हो ।
ठक्करपछि गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो ।
यस्तै खैरहनीमा रोकी राखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किदा कठार ८ का ३० बर्षीय शशी दराईको ज्यान गएको छ । राती साढे १० बजेतिर दराई र सन्तोष लामा चढेको मोटरसाइकल खैरहनी ५ सुर्तानामा ट्रयाक्टरमा ठोक्किएएको थियो ।
दराईको उपचाका लागि अस्पताल लग्दै गर्दा ज्यान गएको हो । घाइते भएका लामाको भरतपुरमा उपचार भैरहेको छ ।

No comments: