Breaking News

सचिन र धोनी विरूद्ध मुद्दा दायर

 एजेन्सी । भारतीय क्रिकेटका कप्तान महेन्द्र सिंह धोनी लगायत भारतका क्रिकेटरहरुले क्रिकेट खेलेर मात्र नभइ विज्ञापनमार्फत पनि निकै ठूलो रकम कमाउने गर्छन् । उनीहरुको आयस्रोत क्रिकेट खेल भन्दा पनि विज्ञापन हुने गरेको छ । विज्ञापनबाट सबैभन्दा धेरै कमाई गर्नेहरुमा बलिउडका नायक नायीका भन्दा पनि क्रिकेटरहरू पर्ने गर्छन् ।
sachin ramesh tendulkar
तर, विज्ञापन खेलेकै कारण भारतीय क्रिकेटका मुख्य खेलाडीहरूमाथि मुद्धा हालिएको छ । सहारा क्यु सपले उत्पादन गरेको सर्सौको तेलमा मिलावट भएको पुष्टी भएपछी खाद्य सुरक्षा विभागले ८ क्रिकेट खेलाडि, २ बलिउड कलाकार, सहित १६ जनामाथी हरिद्धार स्थित अदालतमा मुद्धा दायर गरिएको छ ।

भारतीय क्रिकेटका कप्तान महेन्द्र सिंह धोनी, सचिन तेन्दुलकर, विरेन्द्र सेहबाग, विराट कोहली, युवराज सिंह, सुरेश रैना, गौतम गम्भिर र जहिर खान रहेका छन् भने अभिनेता ऋतिक रोशन तथा अभिनेत्री प्रियंका चोपडामाथि पनि मुद्धा दायर गरिएको छ ।

यी सबैलाई सहारा क्यू सपको उत्पादनका लागि गलत प्रचार गरेको आरोप लगाइएको छ । हरिद्धारका जिल्ला खाद्य सुरक्षाका एक अधिकारीहरूका अनुसार गत डिसेम्बर २६ मा बहादराबादमा रहेको सहारा क्यु सपको डिपोबाट जाम, बेसन र सर्सौको तेलको नमुना लिइएको थियो ।

How about this Article

No comments:

Leave a Reply