अब ल्यापटप चार्ज गर्नुस् सूर्यको प्रकाशबाट, बिजुली चाहिदैन
सायद यो सुन्दा धेरैलाई यस्तो पनि हुन्छ भन्ने लाग्न सक्छ तर यो सत्य हो । क्यानडामा यस्तो प्रविधीयुक्त ल्यापटप विकास गरिएको छ जुन ल्यापटप बिना बिजुली चार्ज हुन्छ अर्थात् ल्यापटपलाई चार्ज गर्नको लागी मात्र सूर्यको प्रकाश भए पुग्छ । क्यानडाको WeWi कम्पनीले एउटा यस्तो ल्यापटप तयार गरेको छ जसमा सोलार प्यानल जडान गरिएको छ ।
यो नयाँ प्रविधीमा सोलार प्यानललाई यस्तो तरिकाले ल्यापटपमा राखिएको छ की त्यो प्यानललाई ल्यापटपमा कनेक्ट गरेर राख्न पनि सकिन्छ र आवश्यक परे झिकेर राख्न पनि सकिन्छ । जब चार्ज गर्नुपर्ने हुन्छ उक्त प्यानललाई सूर्यको प्रकाशतर्फ देखाएर राखेपछी ल्यापटप करिब दुई घण्टामा फुल चार्ज हुन्छ ।
यो ल्यापटप विषेशगरी बिजुलिको समस्या भएको ठाऊँलाई विचार गरेको बनाईएको कम्पनीले बताएको छ ।

No comments: