विवाहपश्चात सम्बन्ध कस्तो हुनुपर्छ
तपाईं आफ्नो जीवनसाथीसँग सधैँ राम्रो व्यवहार गर्नुहोस् जसले गर्दा आपसी सम्बन्ध गाढा रहन्छ । दाम्पत्य जीवन सुखी राख्नका लागि सकारात्मक सोच लिनु र मिलनसार हुनु अत्यन्त आवश्यक हुन्छ ।
धेरै अनुसन्धानहरुले यो पत्ता लगाएको छ कि दाम्पत्य जीवन सुखी हुने महिलाहरुको हृदय रोगबाट हुने खतरा अरुको भन्दा कम हुन्छ । दाम्पत्य जीवन सुखी हुने महिलामा अविवाहित, विधवा अथवा दाम्पत्य जीवन सुखी नहुने महिलाको तुलनामा तनाव, वेचैनी वा डिप्रेसन जस्ता विरामहरु लाग्ने सम्भावना कम हुन्छ । दाम्पत्य जीवन सुखमय विताउने महिलाहरुको रक्तचाप पनि स्थिर हुन्छ र कोलास्ट्रोल पनि कम रहन्छ । त्यसैले दाम्पत्य जीवन सुखी बनाउन अत्यन्त जरुरी हुन्छ ।
दाम्पत्य जीवन सुखी बनाउने केही उपायहरु
आपसी सम्बन्धलाई सबैभन्दा ठूलो मान्नु
विवाहपश्चात श्रीमान् श्रीमतीले एकअर्काको सम्बन्धलाई बराबर सम्झनु अत्यन्त जरुरी हुन्छ । अरुको तुलना आफ्नो जीवनसाथीसँग कहिल्यै पनि गर्नु हुँदैन । साथीभाइ अथवा आफन्त सँग तपाईंको व्यवहार फरक हुन सक्छ तर जीवनसाथीसँग त्यस्तो फरक व्यवहार कहिल्यै गर्नु हुँदैन ।
भावना व्यक्त गर्नु
सर्वोत्तम एवम् सुखी दाम्पत्य जीवनको लागि एकअर्कामा भावना साटासाट गर्नु अत्यन्त जरुरी हुन्छ । विवाहपश्चात सम्बन्ध गाढा बनाउनका लागि भावना व्यक्त गर्नु सबैभन्दा उत्तम तरिका हो । आफ्नो जीवनसाथीसँग आफ्ना भावनाहरु खुलेर व्यक्त गर्नु जरुरी हुन्छ ।
तारिफ गर्नु पनि जरुरी
जीवनसाथी चाहे जस्तोसुकै होस् उसको तारिफ गर्नु अत्यन्त जरुरी हुन्छ । तारिफ गरेपश्चात तपाईंको जीवनसाथीको उत्साह अझै बढ्छ र तपाईंको लागि तपाईंको जीवनसाथीले अझै बढी तारिफयोग्य काम गर्न कोशिस गर्नेछन् । तर यसरी प्रसंशा गर्दा एक्लै पारेर गर्नुभन्दा सबैको सामुन्ने नै गर्नु राम्रो हुन्छ । यस्तो गरेमा तपाईंको कुरा सुनेर तपाईंको जीवनसाथीको तपाईंमाथि अझ बढी विश्वास हुनेछ र सम्बन्ध झन गाढा हुँदै जान्छ ।
कहिलेकाहीँ साथमा घुम्न जानु
विवाहपश्चात पनि बाहिर कतै डेटिङ जानुहोस् जसले गर्दा तपाईंको जीवनसाथीलाई सधैँ सम्बन्ध नयाँ जस्तो लाग्नेछ । जीवनसाथीको साथ कुनै लामो यात्रामा जानुस्, छुट्टीमा घुमाउन लानुहोस् । जतिसमय तपाईं आफ्नो जीवनसाथीसँग एक्लै रहनु हुन्छ त्यतिनै एकअर्कालाई बुझ्ने मौका मिल्छ ।
एकअर्काप्रतिको विश्वास
पति पत्नीबीचको विश्वासमा सधैँ एउटा निब हुन्छ । यदि तपाईं आफ्नो पार्टनरलाई विश्वास गर्नुहुन्छ विवाहपश्चात पनि तपाईंको सम्बन्धमा खटपट आउँदैन । एकअर्काप्रति विश्वास राख्नाले तपाईंको सम्बन्ध झन बलियो भएर जान्छ ।

No comments: