राजेश पायलले ल्याए दर्शन नमस्ते २
काठमाडौं,गायक राजेश पायल राईले आफ्नो १७ औं एल्बम दर्शन नमस्ते–२ सार्वजनीक गरेका छन् । दर्शन नमस्ते–२ को अभिनेता राजेश हमालले बिहीबार राजधानीको एभरेष्ट होटेलमा आयोजीत कार्यक्रममा लोकापर्ण गरेका हुन् । निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो पुगे पनि अभिनेता हमाल कार्यक्रम अबधिभर गायक राईको साथमा रहे ।
पाश्र्व गायनमा समेत चर्चित रहेका राजेश पायलको यो एल्बममा बिभिन्न स्वादका ११ वटा गीत छन् । यसअघिको आफ्नो एल्बम दर्शन नमस्ते हिट भएकाले उनले त्यसकै सिक्वेल दर्शन नमस्ते २ स्रोतामाझ पस्किएका हुन् ।
एल्बमका गीतमा राजेन्द्र थापा, सुरेश अधिकारी, नवराज लम्साल, नरेश भट्टराईलगायतको शब्द छ भने एल्बमका गीतमा सुरेश अधिकारी, महेश खड्का, बसन्त सापकोटा, कल्याण सिंह, राई नविन, सन्तोष राज र बिनोद खम्बुले संगीत दिएका छन् । कार्यक्रममा गायक राईले एल्बममा समाबेश पाँच गीत गाएका थिए भने एउटा गीतको भिडियो समेत प्रदर्शन गरिएको थियो ।

No comments: