बालक वेपत्ता ::
बालक वेपत्ता :
म्याग्दीको झिँ गाविस–७ का १५ बर्षिय बालक बिजय खोरजा पौडी खेल्ने क्रममा नदीले बगाउँदा वेपत्ता भएका छन् । झिँ गाविसकै ढाडकर्ममा केही साथीहरू संग पौडी खेल्न गएका खोरजालाई आज विहान करिब ११ बजे रघुगंगा नदीले बगाएको सिद्धयुवा क्लब झिँका अध्यक्ष प्रविण गोतामेले जानकारी दिनुभयो । खोलाले बगाएको थाहा पाए लगत्तै स्थानियबासी र युवा क्लबको सक्रियतामा खोजीकार्य जारी राखेको भएपनी अहिलेसम्म केही पत्ता लाग्न नसकेको क्लब अध्यक्ष गोतामेले जानकारी दिनुभयो । घटना घटे लगत्तै गलेश्वर अस्थायी प्रहरी चौकीका असई ठाकुर प्रसाद कुमालको नेतृत्वको टोलीले समेत रघुगंगा नदीमा खोजीकार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गर्मीको समयमा पौडी खेल्नका लागी उनी केही साथीहरूसंग विहान नदीमा गएको पारिवारीक स्रोतले जनाएको छ । वेपत्ता बालक बिजय खोरजाले यस बर्षको प्रवेशीका परिक्षा दिएका थिए ।

No comments: