आइसफल डाक्टरको लाश हेलिकोप्टरबाट पाङबोचे ल्याइयो


सोलुखुम्बु,
२६ चैत । सगरमाथा आरोहीहरुलाई बाटो बनाएर आधार शिविर फर्कदै गर्दा दुई
नम्बर क्याम्प र आधार शिविरको बीच बाटोमा हिउँमा चिप्लिएर आइतबार मृत्यू
भएका आइसफल डाक्टर मिङमार शेर्पाको लाश सोमबार सिम्रिक एयरको हेलिकोप्टर
मार्पmत पाङबोचे ल्याइएको छ । शेर्पाको अन्तिम संस्कार शेर्पा संकृति अनसार
गरिने सगरमाथा पोलुसन नियन्त्रण समिति (एसपीसीसी) का महासचिव लामाकाजी
शेर्पाले बताए । सगरमाथा हिमालमा एसपीसीसीका आइसफल डाक्टरको रुपमा कार्यरत ४० वर्षिय शेर्पा बाटो निर्माण कार्य सकाएर आधार शिविर झर्दै गर्दा हिउँको क्रेभासमा खसि मृत्यू भएको एसपीसीसीका वेश क्याम्प म्यानेजर छिरिङतेञ्जिङ शेर्पाले जानकारी दिए । स्थायी घर सोलुखुम्बुको बेनी गाविस भए पनि हाल उनी खुम्जुङ–७, पाङबोचेमा बस्दै आएका थिए ।
मृतकको लाश ल्याउन आइतबारनै हेलिकोप्टर दुर्घटना स्थलतर्पm पुगे पनि तीव्र हावाका कारण प्रयास असफल भएको थियो । शेर्पा विगत ६ वर्षदेखि एसपीसीसी मार्पmत आइसफल डाक्टरको रुपमा सगरमाथामा बाटो निर्माण गर्दै आएका थिए । नेपालमा कार्यरत ६ जना आइसफल डक्टरमध्ये शेर्पा एक थिए । अब सगरमाथामा बाटो बनाउने आइसफल डाक्टरहरु पाँच जना मात्र रहेको एसपीसीसीका कार्यक्रम संयोजक कपिन्द्र राईले बताए ।

No comments: