सरकारले आज ‘चुनाव केन्द्रीत’ बजेट सार्वजनिक गर्दै
२७
चैत, काठमाडौं । मन्त्रिपरिषद्काअध्यक्ष खिलराज रेग्मीले असारमा चुनाव हुन
नसक्ने बताइरहँदा सरकारले चुनावलाई उच्च प्राथमिकता दिंदै आज चालू आर्थिक
बर्षको पुरक बजेट ल्याउँदै छ ।
राजनीतिक दलहरुवीच सहमति बन्न नसक्दा चालू आर्थिक बर्षका लागि यसअघि नै दुईपटक पुरक बजेट ल्याइसकिएको थियो । सरकारले मंसिरका लागि चुनावको तयारी गरिरहेको भएपनि असार मसान्तसम्मको खर्च गर्नेगरी ल्याउन लागिएको बजेटमा निर्वाचन आयोगका लागि ७ अर्ब बिनियोजन गर्न लागिएको छ ।
चुनावको लागि सुरक्षा लगायतको बन्दोवस्तीका लागि अर्को १० अर्ब बजेट गृह मन्त्रालयलाई बिनियोजन गर्न लागिएको छ । हाल कार्यन्वयनमा रहेको ३ खर्व ५१ अर्ब रुपैयाँको दुईतिहाई बजेटलाई समेटेर ल्याउन लागिएको यस बर्षको कुल बजेटको आकार चार खर्व रुपैयाँभन्दा बढिको नहुने बताइएको छ ।
गत बर्ष राष्ट्रिय योजना आयोगले ४ खर्व २९ अर्बको बजेट ल्याउनेगरी सीमा तोकेको भएपनि बिकाश निर्माणका काम गर्ने समय घर्किसकेको भन्दै सरकारले सीमाभन्दा कमको बजेट ल्याउन लागेको हो ।
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेटको प्रस्ताव मंगलबार क्याविनेटमा पेश गर्न लाग्नुभएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।
क्याबिनेटले बजेट अध्यादेश पारित गरिसकेपछि स्वीकृतिका लागि मंगलबार नै राष्ट्रपतिसमक्षलैजाने कार्यक्रम रहेको छ । राष्ट्रपतिले अध्यादेश जारी गरेपछि मंगलबार नै पत्रकार सम्मेलनमार्फत् बजेट सार्वजनिक गर्ने सरकारको तयारी रहेको बुझिएको छ

No comments: