Breaking News

छुटाछुटटै दुर्घटनामा दुईको मृत्यु

२७ चैत, बुटवल । नवलपरासीमा गएराती भएका दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुनवल गाविस ७ अस्नैयाको भित्रि सडकमा दक्षिणवाट उत्तरतर्फ जाँदै गरेको लु ३ प ३२ नम्वरको मोटर साईकल अनियन्त्रित भै पल्टिदा मोटर साईकल चालक रुपन्देहीको केरवानी गाविस ६ का ३४/३५ बर्षका हिमाल तामाङ्गको मृत्यु भएको हो ।

राती करिव साढे दश वजेको समयमा भएको दुर्घटनामा परी घाईते भएका तमाङ्गको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय वुटवलले जनाएको छ ।

यस्तै राती साढे दश वजेकै समयमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवलगाविस चार तुरिया खोला नजिकै गाडीले ठक्कर दिँदा पैदलयात्री एक महिलाको ज्यान गएको छ ।

प्रहरीका अनुसार पूर्ववाट पश्चिम आउँदै गरेको लु १ ज २०२२ नम्वरको विँगर गाडीले ठक्कर दिदा अर्घाखाँची जिल्ला हँसपुर गाविस २ निवासी ५२ बषर्ीय रेशमकुमारी विष्टको मृत्यु भएको हो । गाडीको ठक्करवाट घाईते भएकी विष्टको परासीस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ

How about this Article

No comments:

Leave a Reply