Breaking News

एसिसी एलिट कप क्रिकेट : अफगानिस्तान बिजयी

ललितपुर। पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको मैदानमा जारी एसिसी टि–ट्वान्टी एलिट कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ मा रहेको अफगानिस्तानले आज आफ्नो दोस्रो खेलमा जित हात पारेको छ ।
निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ थालेको आफगानिस्तानले बहराइनलाई ७२ रनले पछि पार्दै जित हात पारेको हो । खेलमा उसले ५ विकेटको क्षतिमा सबै विकेट सकाएर १५७ रन बनाएको थियो ।
जितका लागि १५८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा मैदानमा प्रवेश गरेको बहराइनले १५.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र ८५ रन बनाउन सक्यो ।
बहराइनलाई सस्तैमा समेट्ने क्रममा आफगानिस्तानका खेलाडी नाजिबुल्लाह जाद्रनले एक छक्का र ६ चौकाको मद्दतमा ४५ रन बनाए । उनी अभिजितसमेत रहे । अर्का अभिजित महोम्मद नाबीले एक छक्का र एक चौका प्रहार गर्दै ११ रन बनाए ।
त्यसैगरी सर्वाधिक ४६ रन बनाउन सफल गुल्वादीन नाइवले एक छक्का र चार चौका प्रहार गरे । कारिम सदिगले १४, मोहम्मद सामीले १३ फाजाल रहमानले ६ रन बनाए भने सामी उल्लाह सेनवारीले मात्र एक रन बनाउन सकेका थिए ।
खेलमा सापूर जद्रानले एक, गुल्वादिन नाइवलले चार, महोम्मद नाबीले एक, सामी उल्लाह सेनवारीले एक र हम्जा होतकले तीन विकेट खसाले  ।
यसअघि मङ्गलबार भएको पहिलो दिनको खेलमा ओमनसँग ४४ रनले जित हात पारेको आफ्गानिस्तानको अङ्क तालिकामा तीन अङ्क रहेको छ । त्यसैगरी हिजोको खेलमा कुवेतसँग तीन विकेटले पराजित भएको ओमनको अङ्कतालिका शून्य रहेको छ ।

How about this Article

No comments:

Leave a Reply