Breaking News

विद्यार्थी सुधार्ने नौलो तरिका

शारीरिक शिक्षा बच्चाहरूका लागि दिक्कलाग्दो विषय बनिरहेको हुन सक्छ, प्रायजसो । शारीरिक एक्सरसाइजलाई मजेदार विषय ठान्ने बालबालिका कमै भेटिन्छन् । तर, क्यानडाली शिक्षक सान यङको कक्षामा पढ्नेहरूका लागि भने शारीरिक शिक्षा कुनै खेलजत्तिकै मनोरञ्जनपूर्ण बनिरहेको हुन्छ ।
यङ क्यानडाको क्युबेकमा १६ वर्षसम्मको विद्यार्थीलाई शारीरिक शिक्षा पढाउँछन् । आफ्नो कक्षालाई रोचक बनाउन र विद्यार्थीको ध्यान तान्न उनले भिडियोगेमको सहारा लिए । पढाइको यो नौलो पद्धतिलाई उनले क्लासक्राफ्ट नाम राखे, जुन वारक्राफ्ट नामक अनलाइन गेमबाट प्रेरित छ । उनी कक्षाका बच्चाहरूलाई आठआठ जनाको समूहमा छुट्याउँछन् । प्रत्येक समूहका विद्यार्थीलाई गेममा जस्तै योद्धा, पादरी वा ज्ञानीको भूमिकामा विभाजन गरिदिन्छन् । आ–आफ्नो भूमिकाको दायरामा बसेर विद्यार्थीहरू गेमकै पात्रले जसरी खेल्न थाल्छन् । यसो हुँदा उनीहरूको शारीरिक एक्सरसाइज त हुन्छ नै, शारीरिक शिक्षासम्बन्धी ज्ञान पनि सजिलै उनीहरूको दिमागमा छिर्छ । विद्यार्थीले आ–आफ्नो भूमिकाअनुसार एक्पेरियन्स प्वाइन्ट जम्मा गर्नुपर्ने हुन्छ । जसले बढी प्वाइन्ट जम्मा गर्छ, उसको तागत पनि बढ्ने मानक राखिन्छ । अनि यो प्वाइन्ट कक्षामा असल व्यवहार, समयमा गृहकार्य, परीक्षाको नतिजा र अरूलाई गर्ने सहयोगी बानीका आधारमा बाँडिन्छ । यी व्यवहारमा कमजोर प्रस्तुति भएका विद्यार्थीको व्यवहारक्रमअनुसार प्वाइन्ट पनि काटिँदै जान्छ । प्वाइन्ट नकाटियोस् भनेर विद्यार्थी अनुशासनमा बस्न थाल्छन् । आफ्नो क्लास टेक्नोलोजी सफल भएकोमा शिक्षक यङ दंग परेका छन् । (एजेन्सी)

How about this Article

No comments:

Leave a Reply