Breaking News

रोयल्सबाट कोलकाता नाइट राइडर्स पराजित

इण्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ‘आइपिएल’मा राजस्थान रोयल्सले डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्सलाई १९ रनले पराजित गरेको छ ।
स्वामी मानसिंह स्टेडियम जयपुरमा घरेलु टोली राजस्थानले प्रस्तुत गरेको १ सय ४५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा कोलकाता ६ वल अगावै १ सय २५ रनमा समेटियो ।
कोलकाताको पारीमा इयान मोर्गानले ५१ र कप्तान गौतम गाम्भिरले २२ रनको योगदान गरेपनि हार टार्न सकेनन् । राजस्थानका लागि सिद्धार्थ त्रिवेदी र केभिन कुपरले समान ३, राहुल शुक्लाले २ तथा, सन टैट र श्रीसान्तले १–१ विकेट हात पारे ।
यसअघि टस हारेर व्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । उसका लागि ब्राड हजले ४६ तथा अजिंक्या रहानेले ३६ रनको योगदान गरे । कोलकत्ताका सुनिल नराइनेले २ तथा ब्रेट ली, लक्ष्मी शुक्ला र रजत भाटियाले समान १–१ विकेट हात पारे ।
प्रतियोगिताअन्तर्गत आज सन राईजर्स हैदारावाद र रोयल च्यालेञ्जर्स बैंग्लोर तथा दिल्ली डेयर डेभिल्स र मुम्वई इण्डियन भिड्ने छन् ।

How about this Article

No comments:

Leave a Reply