रसियाली राष्ट्रपति पुटिनको विरोधमा जर्मनीमा नाङ्गो प्रदर्शन (फोटोफिचर)
यसबीच राष्ट्रपति पुटिन तथा जर्मन चान्सलर एन्जेला मर्केलबीच रसियामा हालै गैरसरकारी संस्थामा भएको कारवाहीका विषयमा विवाद भएको छ ।
राष्ट्रपति पुटिन तथा चान्सलर मर्केल भोक्सवागनका कार्यकारी प्रमुख मार्टिन विन्टरकर्नले कम्पनीका तर्फबाट नयाँ गाडी प्रदर्शन गर्दा राष्ट्रपति पुटिनको विरोधमा चार महिलाले आफ्नो नाङ्गो छाती देखाएर अश्लील नारा लगाए ।
एक महिलाले आफ्नो पछाडिपट्टी यस्तै नारा लेखेकी थिइन् । प्रदर्शनकारीहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।
चान्सलर मर्केल तथा राष्ट्रपति पुटिन उत्तर जर्मनीमा आयोजित ‘ह्यानोभर मेस’मा भागलिँदै हुनुहुन्थ्यो ।
यस मेलामा यस वर्षको प्रमुख अतिथि राष्ट्रपति पुटिनलाई बनाइएको थियो । यसपछि एक पत्रकार सम्मेलनमा दुई नेताले एकअर्काप्रति आलोचना गर्नुभएको थियो ।
चान्सलर मर्केलले रसियामा गैरसरकारी संस्थामा भएको नियन्त्रणको आलोचना गर्नुभएको थियो भने राष्ट्रपति पुटिनले आफ्नो मुलुकमा विदेशीको क्रियाकलापको अनुगमन सही भएको दाबी गर्नुभयो ।
उहाँले रसियामा गैरसरकारी संस्थामा भएको विदेशी लगानी समस्या परेका मुलुकमा उपयोग गरेको भए राम्रो हुने धारणा राख्नुभयो ।
राष्ट्रपति पुटिनले राजनीतिक विषयमा छलफल गर्न कपडा खोल्नु आवश्यक नभएको पनि उल्लेख गर्नुभयो । एएफपी

No comments: