Breaking News

बेलायती पूर्व प्रधानमन्त्री थ्याचरको निधन


लन्डन । बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको सोमबार निधन भएको छ । केही समयदेखि विरामी रहेकी उहाँको सोमबार ८७ वर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ ।
बेलायतकी पहिलो महिला प्रधानमन्त्री थ्याचरको निधनको समाचार उहाँका छोरा क्यारोललाई उद्धृतगर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् । सोमबार उहाँको निधन भएको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् ।
आफ्नै निवासमा रहनुभएका उहाँको सोमबार हृदयघातका कारण निधन भएको बताइएको छ । उहाँको केही समयदेखि स्मरणशक्ति हराउने गरेको थियो ।
उहाँलाई चिकित्सकहरुले करिब दश वर्षअघिदेखि नै नबोल्न सुझाएका थिए । कयौँ पटकसम्म उहाँलाई हृदयघातको धक्का महसुश भएपछि चिकित्सकहरुले उहाँलाई नबोल्न सुझाएका थिए ।
उहाँ स्मरणशक्ति गुम्ने रोगबाट पीडित हुनुभएकोले निकै लामो समयदेखि नै सार्वजनिक समारोहमा सहभागि हुनुभएको थिएन । उहाँका पति डेभिसको सन् २००३ मा नै निधन भएको थियो ।
उहाँले सन् १९७९ देखि सन् १९९० सम्म बेलायतको प्रधानमन्त्रीका रुपमा नेतृत्व प्रदान गर्नुभएको थियो । उहाँ बेलायतमा सबैभन्दा बढी कार्यकाल प्रधानमन्त्री बन्ने राजनीतिज्ञका रुपमा पनि परिचित हुनुहुन्थ्यो ।
बेलायतको प्रमुख दलको नेतृत्व लिने एक पहिलो महिलाका रुपमा पनि उहाँलाई चिनिन्छ । उहाँको निर्णय गर्नसक्ने क्षमताका साथै सरकार तथा दल सञ्चालनमा निकै दह्रो रुपमा प्रस्तुत हुने गरेकोले सञ्चारमाध्यमहरुले उहाँलाई लौह महिला (आइरन लेडी) को सङ्ज्ञा पनि दिएका थिए ।
सन् १९५९ मा पहिलो पटक बोलयतको सांसदमा चुुनिनुभएको उहाँलाई तत्कालीन प्रधानमन्त्रीले विज्ञान मन्त्रीमा नियुक्त गर्नुभएको थियो । सन् १९५९ देखि नै उहाँको मन्त्रीको यात्रा सुरु भएको थियो ।
उहाँलाई प्रधानमन्त्री इडवार्ड हिथले सो मन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर पछि संयोग के बन्यो भने त्यसको ११ वर्षपछि उहाँले नै प्रधानमन्त्री हिथलाई हराएर आफु प्रधानमन्त्री बन्नुभएको थियो ।
उहाँप्रति बेलायतकी महारानी एलिजावेथ द्वितीयाले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । त्यसैगरी बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले पनि स्वर्गीय थ्याचरप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
बेलायती महारानी एलिजावेथ द्वितीयाले पूर्व प्रधानमन्त्री थ्याचरको निधनले आफु निकै नै स्तब्ध भएको बताउनुभएको छ । सो समाचार बेलायतको बकिङ्गहम दरबारले दिएको छ ।
साथै सो दरबारका अनुसार महारानीले छिट्टै नै स्वर्गीय थ्याचरको परिवारलाई श्रद्धाञ्जली सन्देश पनि पठाउनु हुनेछ ।
त्यसैगरी बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पनि बेलायतले एक महान नेतालाई गुमाएको प्रतिक्रिया दिनुभएको छ । उहाँले थ्याचरको निधनको समाचारले आफुलाई स्तब्ध तुल्याएको पनि बताउनुभयो । एपी÷एएफपी
nG8g . a]nfotsL k”j{ k|wfgdGqL dfu{/]6 Yofr/sf] ;f]daf/ lgwg ePsf] 5 . s]xL ;dob]lv lj/fdL /x]sL pxfFsf] ;f]daf/ *& jif{sf] pd]/df lgwg ePsf] ;dfrf/df hgfOPsf] 5 .
a]nfotsL klxnf] dlxnf k|wfgdGqL Yofr/sf] lgwgsf] ;dfrf/ pxfFsf 5f]/f Sof/f]nnfO{ p4[tub{} ;~rf/dfWodx?n] hgfPsf 5g\ . ;f]daf/ pxfFsf] lgwg ePsf] ;dfrf/ ljleGg cGt/f{li6«o ;~rf/dfWodx?n] ;fj{hlgs u/]sf 5g\ .
cfˆg} lgjf;df /xg’ePsf pxfFsf] ;f]daf/ x[bo3ftsf sf/0f lgwg ePsf] atfOPsf] 5 . pxfFsf] s]xL ;dob]lv :d/0fzlQm x/fpg] u/]sf] lyof] .
pxfFnfO{ lrlsT;sx?n] sl/a bz jif{cl3b]lv g} gaf]Ng ;’emfPsf lyP . sof}F k6s;Dd pxfFnfO{ x[bo3ftsf] wSsf dx;’z ePkl5 lrlsT;sx?n] pxfFnfO{ gaf]Ng ;’emfPsf lyP .
pxfF :d/0fzlQm u’Dg] /f]uaf6 kLl8t x’g'ePsf]n] lgs} nfdf] ;dob]lv g} ;fj{hlgs ;df/f]xdf ;xeflu x’g'ePsf] lyPg . pxfFsf klt 8]le;sf] ;g\ @))# df g} lgwg ePsf] lyof] .
pxfFn] ;g\ !(&( b]lv ;g\ !(() ;Dd a]nfotsf] k|wfgdGqLsf ?kdf g]t[Tj k|bfg ug'{ePsf] lyof] . pxfF a]nfotdf ;a}eGbf a9L sfo{sfn k|wfgdGqL aGg] /fhgLlt1sf ?kdf klg kl/lrt x’g'x’GYof] .
a]nfotsf] k|d’v bnsf] g]t[Tj lng] Ps klxnf] dlxnfsf ?kdf klg pxfFnfO{ lrlgG5 . pxfFsf] lg0f{o ug{;Sg] Ifdtfsf ;fy} ;/sf/ tyf bn ;~rfngdf lgs} bx|f] ?kdf k|:t’t x’g] u/]sf]n] ;~rf/dfWodx?n] pxfFnfO{ nf}x dlxnf -cfO/g n]8L_ sf] ;ª\1f klg lbPsf lyP .
;g\ !(%( df klxnf] k6s a]fnotsf] ;f+;bdf r”lgg’ePsf] pxfFnfO{ tTsfnLg k|wfgdGqLn] lj1fg dGqLdf lgo’Qm ug’{ePsf] lyof] . ;g\ !(%( b]lv g} pxfFsf] dGqLsf] ofqf ;’? ePsf] lyof] .
pxfFnfO{ k|wfgdGqL O8jf8{ lxyn] ;f] dGqLdf lgo’Qm ug’{ePsf] lyof] . t/ kl5 ;+of]u s] aGof] eg] To;sf] !! jif{kl5 pxfFn] g} k|wfgdGqL lxynfO{ x/fP/ cfkm’ k|wfgdGqL aGg’ePsf] lyof] .
pxfFk|lt a]nfotsL dxf/fgL Plnhfj]y låtLofn] >4f~hnL JoQm ug’{ePsf] 5 . To;}u/L a]nfotsf k|wfgdGqL 8]le8 Sofd?gn] klg :juL{o Yofr/k|lt >4f~hnL ck{0f ug’{ePsf] 5 .
a]nfotL dxf/fgL Plnhfj]y låtLofn] k”j{ k|wfgdGqL Yofr/sf] lgwgn] cfk’m lgs} g} :tAw ePsf] atfpg’ePsf] 5 . ;f] ;dfrf/ a]nfotsf] alsª\uxd b/af/n] lbPsf] 5 .
;fy} ;f] b/af/sf cg’;f/ dxf/fgLn] l5§} g} :juL{o Yofr/sf] kl/jf/nfO{ >4f~hnL ;Gb]z klg k7fpg’ x’g]5 .
To;}u/L a]nfotL k|wfgdGqL 8]le8 Sofd?gn] klg a]nfotn] Ps dxfg g]tfnfO{ u’dfPsf] k|ltlqmof lbg’ePsf] 5 . pxfFn] Yofr/sf] lgwgsf] ;dfrf/n] cfkm’nfO{ :tAw t’NofPsf] klg atfpg’eof] . PkL÷PPkmkL

How about this Article

No comments:

Leave a Reply