संयुक्त औद्योगिक क्षेत्रमा उत्तरकोरियाली कामदारले काम छोडे
चैत २७– सउल, दक्षिण कोरियादक्षिण कोरियासंगको बढ्दो तनावका कारण दुई देशको संयुक्त औद्योगिक क्षेत्रमा उत्तरकोरियाली कामदारले काम छोडेका छन् ।दक्षिण कोरियाली एकीकरण मन्त्रालयका अनुसार मंगलबार बिहानसम्म औद्योगिक क्षेत्रमा कुनै पनि उत्तरकोरियाली कामदार देखिएका छैनन् । दक्षिण कोरियाली कामदारले भने काम गरिरहेका छन् ।काईसोङ औद्योगिक क्षेत्रमा १ सय २३ वटा दक्षिण कोरियाली कम्पनीमा ५३ हजार जना उत्तरकोरियाली कामदार कार्यरत छन् ।उत्तर कोरियाले मंगलबार औद्योगिक क्षेत्रबाट आफ्ना सबै कर्मचारीलाई फिर्ता बोलाउनुका साथै आद्योगिक क्षेत्रमा सबै गतिबिधि बन्द गर्ने घोषणा गरेको थियो । औद्योगिक क्षेत्रमा ४ सय ७५ जना दक्षिण कोरियाली कामदार र कारखाना व्यवस्थापक बाँकी नै रहेका छन् ।कामदार नआएपछि धेरैजसो कारखाना बन्द भएका छन् । दक्षिण कोरियाली राष्ट्रपति पार्क जेन हुईले कामदारको अनुपस्थितिले उत्तर कोरियाको विश्वसनीयतामा असर पर्ने टिप्पणी गर्नुभएको छ । अन्तर्राष्ट्रिय नियमन र प्रतिबद्धता उल्लंघन गरेकाले भविष्यमा कुनै पनि देशले उत्तर कोरियामाथि लगानी नगर्ने उहाँको भनाई छ ।दक्षिण कोरियाली कम्पनीले एक महिनामा ८० देखि ९० लाख डलर तलबका रुपमा उत्तर कोरियाली कामदारलाई भुक्तानी गर्ने गर्छन् । काईसोङ औद्योगिक क्षेत्रबाट २ अर्ब डलर भन्दा बढीको वार्षिक व्यापार हुने गरेको छ ।

No comments: