Breaking News

एकीकृत माओवादीका शीर्ष नेता बाग्लुङमा

बाग्लुङ, चैत २७–पार्टीले गरेको जनसभालाई संबोधन गर्न एकीकृत नेकपा–माओवादीका शीर्ष नेता मंगलबार बाग्लुङ आउँदैछन् ।
माओवादीको पश्चिम ब्युरोले आयोजना गरेको जनसभालाई अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), उपाध्यक्ष डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव पोष्टबहादुर बोगटी लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । जनसभा बागलुङको बाङ्गेचौर मैदानमा हुनेछ ।
तयारीका लागि केही केन्द्रीय सदस्यहरु सोमबार नै बागलुङ आएपनि शीर्ष नेताहरु पोखराबाट बाग्लुङ आउदै हुनुहुन्छ ।
जनसभाका लागि संगठन परिचालन, पुर्वाधार, सुरक्षा, आर्थिक, मञ्च व्यवस्थापन, यातायात, प्रचार–प्रसार लगायतका तयारी पुरा भएको मगरात राज्य समितिका इन्चार्ज लोकेन्द्र बिष्ट मगरले जानकारी दिनुभयो ।

How about this Article

No comments:

Leave a Reply