Breaking News

संविधान नबने राष्ट्रको अस्तित्व संकटमाः प्रचण्ड

काठमाडौं, बैशाख ११ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाबाट संविधान लेखेर नागरिकको परिवर्तनको चाहना पूरा हुन नसके अझै गम्भीर ढंगले इतिहासको पुनरावृत्ति हुने बताउनु भएको छ ।

माओवादी लडाकुको सुरुवातदेखि सेनामा समायोजना हुँदासम्मको अवस्थाका बारेमा तयार पारिएको बृत्तचित्र ‘प्रयाणा’ को बुधबार भएको प्रदर्शनी कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

संविधान नबने दुई पक्षिय नभई बहुपक्षिय द्वन्द्व हुने र राष्ट्रको अस्तित्व नै संकटमा पर्ने प्रचण्डको भनाई छ । ‘जनआन्दोलनबाट राखेको आकांक्षा संविधानसभाबाट पुरा गर्ने स्थिति नबने इतिहास दोहोरिन सक्छ’, प्रचण्डले भन्नुभयो, ‘त्यो दुई पक्षिय युद्ध हुँदैन । भयानक हुन्छ । त्यसले राष्ट्रको अस्तित्व नै खतरामा पार्छ ।’

संविधानसभाबाट संविधान निर्माण गर्नुपर्नेमा प्रचण्डले जोड दिनुभयो ।

सेना समायोजन प्रकृया सफल भएपछि त्यसको सबै जस आफैले लिन खोज्ने प्रवृत्ति रहेको भन्दै प्रचण्डले असन्तुष्टि जनाउनु भयो । ‘सबैजना जस लिन र आफुलाई मात्र केन्द्रमा राख्न आकांक्षी छन्’, प्रचण्डले भन्नुभयो ।

समायोजन प्रकृयाको विरोध गरिरहेको नेकपा माओवादीप्रति लक्षित गर्दै प्रचण्डले यसको फैसला नागरिकले चुनाव मार्फत गर्ने बताउनुभयो

How about this Article

No comments:

Leave a Reply