आइपिएल क्रिकेट : कोलकातामाथि मुम्बईको जित
एजेन्सी, बैशाख १२ । आइपिएल क्रिकेटमा बुधबार राति मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले हराएको छ । रोमाञ्चक खेलमा
अन्तिम ६ बलमा १० रन आवश्यक परेका बेला पहिलो बलमै किरोन पोलार्ड आउट भएपछि मुम्बई संकटमा परेको थियो । तर हरभजन सिंहले एक छक्का सहित ७ र अम्बाती रायडुले एक चौका सहित ५ रन लिंदै टिमलाई हारबाट जोगाए ।
मुम्बईका लागि ड्वायेन स्मिथले ६२, रोहित शर्माले ३४ र किरोन पोलार्डले ३३ रन बनाए । कोलकाताका सुनिल नराइनले ३ विकेट लिएपनि त्यो जीतका लागि पर्याप्त भएन ।
पहिले ब्याटिङ गरेको कोलकाताले पुरै ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । कोलकाताका लागि ज्याक्स कालिसले ३७, मनोज तिवारीले ३३, इयान मोर्गनले ३१, गौतम गाम्भीरले २६ र युसुफ पठानले १९ रनको योगदान गरे ।
मुम्बईका मिचेल जोन्सन, लासिथ मालिङ्गा र प्रज्ञान ओझाले समान २ विकेट लिए ।

No comments: