Breaking News

बंगलादेशमा आठ तले भवन भत्किँदा १४९ को मृत्यु

एजेन्सी ढाका १२ बैशाख । बङ्गलादेशमा बुधबार एक भवन भत्किँदा मर्नेको संख्या १४९ पुगेको छ। गएरातभरको खोजतलासमा यति संख्यामा मृत्यु भएको पुष्टि भएको हो। राजधानी ढाकाको नजिकै गार्मेन्ट उद्योग रहेको सो आठ तल्ले भवन भत्किएको थियो। त्यतिबेला भवनमा ठूलो संख्यामा गार्मेन्ट मजदुरहरु थिए। भवनमा रहेका सबैजना पुरिएको आशङ्का गरिएको छ। उद्वारकर्ताहरुले सो भवनमा ठूलो सङ्ख्याका नागरिक पुरिएको अनुमान गरेका छन्।


बजार क्षेत्रमा रहेको सो निजी घर भत्किँदा घाइते भएका कम्तीमा पनि ३५ जनालाई प्राथमिक उपचार प्रदान गरिएको थियो। उक्त घटनास्थलको नजिकै रहेको शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरुले घटनास्थलमै पुगेर उपचार गरेका थिए। बङ्गलादेशको सेना र प्रहरीले सो घटनाको उद्धार जारी राखेको छ। बङ्गलादेशमा घर भत्किएर हुने दुर्घटना निकै धेरै मात्रामा हुने गर्दछन्। भवन निर्माणसम्बन्धी आवश्यक आचारसंहिताको पालना नगर्ने र कमसल खालका निर्माण सामग्री प्रयोग गरी धेरै तल्ले घर बनाइने हुँदा यस्ता घटना हुने गरेका पाइएको छ।

How about this Article

No comments:

Leave a Reply