Breaking News

पाँच लाखले डाउनलोड गरे फेसबुकको होम एप्स

सोसल नेटवर्किङ साइट फेसबुकले गएको अपि्रल ४ मा सार्वजनिक गरेको फेसबुक होम एप्लिकेसन अहिलेसम्म ५ लाख भन्दा बढि पटक डाउनलोड भएको छ ।

निकै ठूलो प्रचारका बीच फेसबुकले एन्ड्रोइड फोनमा फेसबुक चलाउनेका लागि तयार पारेको यो एप्स गुगलको गुगल प्ले स्टोरबाट ५ लाख भन्दा बढिले डाउनलोड गरेका बताइएको छ ।

निशुल्क रुपमा डाउनलोड गर्न सकिने यो एप्स डाउनलोड गरेपछि फोनको होमस्त्रिmनलाई फेसबुक फिड र च्याट अप्सनले प्रतिस्थापन गर्छ र फेसबुक चलाउन र च्याट गर्न सजिलो हुन्छ । यद्यपि यो एप्सप्रति प्रयोगकर्ताले भने मिश्रति प्रतिक्रिया दिएका छन् । प्रयोगकर्ताले यसलाई मध्यमस्तरको एप्लिकेसन भएको बताएका छन् ।

एन्ड्रोइड फोनमा फेसबुक होम डाउनलोड गरेपछि अरु एप्लिकेसनले काम नगरेको गुनासो कतिपय प्रयोगकर्ताको रहेको छ ।

How about this Article

No comments:

Leave a Reply