Breaking News

चीनसंग लड्न भारतले पठायो मानवरहित विमान


indian army helicopter१२ वैशाख,एजेन्सी।  चिनियाँ सेनाले लद्दाखमा सिमा मिचेर गतिविधी गरेपछि हैरान र त्रसित भनेको भारतले वार्ता र सैन्य दुवै तरिकाबाट चीनसंग 'डिल' गर्ने भएको छ। भारतले चिनियाँ सेनाले सिमा मात्र नमिचेको बरु चिनियाँ हेलिकप्टर भारितय भुमिमा उड्ने गरेको आरोप लगाएको छ।

भारतले चिनियाँ सेनालाई रोक्न सेनाको टुकडी दौलत बेग क्षेत्र तर्फ पठाएको छ, हाल भारतिय सैनिकहरु सशोम र श्योक नदि आसपास तैनाथ छन्। भारतले आफ्ना सेनाको सहयोगको लागी मानवरहित विमान समेत पठाएको बताइएको छ।

भारतका सेना प्रमुख बिक्रम सिंहले जम्बु कश्मिरको भ्रमण गरेर रक्षा मन्त्री एक एन्टोनीलाई चिनियाँ हस्तक्षेपको बारेमा ताजा जानकारी गराएका छन्। 
तर चिनियाँ जमिन हडपेको भनेर विपक्षीदलहरुले भने चर्को विरोध जनाएका छन्। भारतको प्रमुख विप क्षीदल भारतिय जनता पार्टीका प्रवक्ता राजिपप्रताप रुढीले चीनले कब्जा गरेको जमिन भारत लिनु पर्ने बताएका छन्। उनले सैन्य आक्रमणबाट लिने हो वा वार्ताबाट हो भनेर भने खुलाएन।

भारतको विदेश मन्त्रालय भने कडा कुरा गरेर चिनलाई धेरै चिढ्याउने पक्षमा देखिएको छैन्। भारकका विदेश मन्त्री सलमान खुर्शिदले भने-'हामी चाँहदैनौ भारतको चिनसंगको सम्वन्ध खराब होस ।' उनले भारतले चीनसंग चीनले लद्दाखमा गरेको गतिविधी प्रति भने आपत्ती जनाइसकेको बताए। बढ्दो तनावका बिच भारतिय विदेशमन्त्री सलमान खुर्शिदले आउँदो मे महिनाको ९ तारिकबाट चीनको भ्रमण गर्देछन् ।

How about this Article

No comments:

Leave a Reply