Breaking News

खिलराजले भने, 'मरिगए राजीनामा दिन्न

khilraj१२ बैशाख, काठमाडौ । अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले आफूले मरिगए राजीनामा नदिने बताएका छन् । यो ठाउँमा पुग्नु आफ्नो ४० बर्षे योगदान पाएको रहेको भन्दै लहडको भरमा राजीनामा नदिने स्पष्ट पारेका हुन् । 
 

नेपाल पत्रकार महासंघका पदाधिकारीसँगको भेटवार्ताका क्रममा अध्यक्ष रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिने कुरा अकल्पनीय भएको बताएका हुन् । 'भूतपूर्व प्रधानन्यायाधीश चाहिएको भए अरूपनि कयौ थिए, राजनीतिक दल र अन्तराष्ट्रिय समुदायको आग्रहमा मात्र मैले यो पदमा आउन राजी गरेको हुँ, पत्रकारमाझ उनले भने ।
 


रेग्मीले आफूले जिरोबाट काम सुरू गर्नुपरेको भन्दै निर्वाचन मिति घोषणा गर्न ढिलो भएको बताए । 'निर्वाचन नगरी म सरकारबाट हट्दिन निर्वाचन गराएर मात्र जाने हो', उनले भने ।

How about this Article

No comments:

Leave a Reply