Friday Film Release :दुई चलचित्रहरु पर्दामा
२०७०-०१-१३
फिल्मी अपडेट ,काठ्माण्डौ
नेपालि चलचित्रको प्रतिषपर्धात्मक बजारमा आज सुक्रबारबाट दुई चलचित्रहरु प्रदर्शनमा आएका छन् ।
आजबाट फ्रेश रिलिजमा चलचित्र ‘मेरो मनको साथी’ र अर्को निर्देशक दिपक श्रेष्ठको प्रस्तुति नेपालि कथानक चलचित्र "हिम्मत २"पर्दामा लागेको छ। चलचित्र "हिम्मत २" भने फ्रेश चलचित्र हैन यो चलचित्र केहि समय अघि मोफसलमा प्रदर्शन भैसकेको चलचित्र हो र आजै बाट प्रदर्शनमा आउने भनिएको निर्देशक जोयेस पाण्डेको चलचित्र "साँघुरो" भने बैसाख २७ गतेको लागि पछि सरेको छ । आजबाट प्रदर्शनमा आएका चलचित्रहरुमा ‘मेरो मनको साथी’ र‘हिम्मत २’ हुन् ।
‘मेरो मनको साथी’
साथी साथी बीचको कथामा बनेको यो चलचित्रको निर्देशन गरेका छन प्रदीप श्रेष्ठले ।
राजेश शाहीले लगानी गरेको यो चलचित्रमा राजेश हमाल, जीवन लुईटेल, आयुष रिजाल, सुनिलदत्त पाण्डे, मिथिला शर्मा लगायतका कलाकारलाई देख्न पाईनेछ ।
"हिम्मत २"
निर्देशक दिपक श्रेष्ठ द्वारा निर्देशित अनि रेखा थापा द्वारा निर्मित चलचित्र "हिम्मत" को अपार सफलता पछि निर्देशक दिपक श्रेष्ठले आफ्नै ब्यानर पन्चकन्या फिल्म्स मार्फत "हिम्मत" को पार्ट दुई "हिम्मत २" निर्माण गरेका हुन् ।

"हिम्मत २" केहि महिना अघि मोफसलका हलहरुमा सफल प्रदर्शन पश्चात आजबाट राजधानीका पर्दामा लागेको हो ।
चलचित्रमा बिराज भट्ट र युना उप्रेती प्रमुख भूमिकामा रहेका छन् ।
फिल्मी अपडेट ,काठ्माण्डौ
नेपालि चलचित्रको प्रतिषपर्धात्मक बजारमा आज सुक्रबारबाट दुई चलचित्रहरु प्रदर्शनमा आएका छन् ।आजबाट फ्रेश रिलिजमा चलचित्र ‘मेरो मनको साथी’ र अर्को निर्देशक दिपक श्रेष्ठको प्रस्तुति नेपालि कथानक चलचित्र "हिम्मत २"पर्दामा लागेको छ। चलचित्र "हिम्मत २" भने फ्रेश चलचित्र हैन यो चलचित्र केहि समय अघि मोफसलमा प्रदर्शन भैसकेको चलचित्र हो र आजै बाट प्रदर्शनमा आउने भनिएको निर्देशक जोयेस पाण्डेको चलचित्र "साँघुरो" भने बैसाख २७ गतेको लागि पछि सरेको छ । आजबाट प्रदर्शनमा आएका चलचित्रहरुमा ‘मेरो मनको साथी’ र‘हिम्मत २’ हुन् ।

No comments: