Breaking News

महिला पुरूषसँग किन रिसाउँछन्..

angry.coupleदाम्पत्य जीवन सुखी राख्नका लागी महिला र पुरूषबिच समझदारी हुन जरूरी हुन्छ । दुवैलाई एक-अर्कामा विश्वास प्रेम, सहयोगको भावना हुनु आवश्यक हुन्छ । साथै एक-अर्काको भावना बुझेर अगाडि बढ्न सके कुनै पनि महिला र पुरूषको जीवन सुखमय हुन सक्छ । महिला र पुरूषको केही आनीबानीले गर्दा दम्पत्य जीवनमा असर पर्न सक्छ । पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ?ने र परिवारमा तनावको स्थिति आउने र दुईबीचको सम्बन्ध राम्रो नहुने समस्या पनि आउने गर्छ । महिलालाई पुरूषका केहि व्यवहारले निकै रिस उठाउँछ । 
ती व्यवहार के के हुन् त...
१. महिलाले आफूसँग रहँदा आफ्नो साथी आफूसँग मात्र भुलोस् भन्ने चाहना राख्छिन् त्यसैले सँगै रहँदा पुरूषले फोनबाट अरूलाई सन्देश पठाउने फोन गर्ने तथा अन्य अफिसका काम गर्ने गरे महिलालाई रिस उठ्छ । 
२. महिलाले आफ्नो साथीलाई केही सोध्दा वास्ता नगर्ने वा त्यसतिर ध्यान नदिने तथा मलाई थाहा छैन भन्ने गरेमा पनि महिला रिसाउने गर्छन् । उनीहरुले पुरूषसँग केही सल्लाह लिन खोज्दा मलाई मतलब छैन जे सुकै गर भन्ने जवाफ आएमा महिलालाई थप तनाव पिडा र रिस उठ्छ । 
३. दिनभरी काम गरेर घर फर्केपछी पुरूषहरू प्राय चुप लागेर बस्ने गर्छन् तर यो बानी महिलालाई फिटिक्कै मन पर्दैन । उनीहरू घर फर्केपछी कुरा गरून् आफूसँग बसोस् भन्ने चाहना राख्ने हुँदा त्यसो नगर्दा उनीहरुलाई रिस उठ्नु स्वभविक हो । 
४. कतै जानु परे या खाना खान बाहिर निस्किनु पर्ने भएमा पुरूषहरू चाडै तयार हुन्छन् तर महिलालाई तयार हुन थोरै समय बढी लाग्ने गर्छ । यस्तो अवस्थामा पुरूषहरूले महिलालाई चाडो गर भनेर बारम्बार भनिरहँदा पनि महिलालाई रिस उठ्छ । 
यस्ता सामान्य कुराले पनि परिवारमा तथा दाम्पत्य जीवनमा समस्या आउन सक्छ । यी सानातिना कुरालाई विचार गर्न सके दाम्पत्य जीवन सुखमय हुन सक्छ । महिलाले रिसाउने आफ्ना बानी हटाउन प्रयास गर्ने र महिलाले पनि पुरूषको यी बानीलाई सहजतापूर्वक लिन सके दुईबीच समस्या

How about this Article

No comments:

Leave a Reply