पोर्नस्टार प्रिया अंजली पनि भारतिय फिल्ममा
नायरको यो फिल्म हलिउड फिल्मको थिममा वन्ने जनाइएको छ । प्रिया मूख्यत दिल्लीमा वस्छिन् । उनी अमेरिकी दम्पतीको संरक्षणमा हुर्केकी थिइन् । अमेरिकामा रहदा उनले एरोटिक डान्सरको रुपमा ग्ल्यामर दुनियाँमा प्रवेश गरेकी थिइन् । यसै सिलसिलामा उनले पोर्न उद्योगमा पाइला चालिन् । प्रिया विश्व को टप २० पोर्न स्टारमा गनिन्छन् । प्रिया यसअघि नै भारतिय फिल्ममा आउन चाहेको खवर वाहिर आएको थियो । पोर्न फिल्ममा काम गर्नु भारतिय संस्कृति अनुकुल नभएको उनको वुझाइ थियो । उनी विग वोसमा आउने चर्चा पनि नचलेको होइन तर, पछिल्ला कुनै संस्करणमा उनी देखिएनन् । यस्तो अवस्थामा प्रियाले भारतसँग जोडिनका लागि शायद तेलुगु फिल्मको अफरलाई स्विकार गर्नेछिन् ।
त्यसो त यसअघि नै भारतिय पोर्न स्टार सनी लियोनले भारतिय फिल्म उद्योगमा प्रवेश गरिसकेकी छन् । उनी विग वोसमा आइन् र जिस्म २ वाट बलिउड डेब्यु गरिन् । प्रियालाई तेलुगु फिल्ममा काम गराउनका लागि नायर निकै उत्साहित छन् । उनलाई विश्वास छ कि, प्रियाले उनको प्रस्तावलाई स्विकार गर्नेछिन्। यदि प्रियाले स्विकार गरेको खण्डमा चाढै नै हैदराबादमा फिल्म सुटिङ शुरु गर्ने नायरले वताएका छन् ।

No comments: