Breaking News

एमाले जिल्ला नेतामाथि कुटपीट

गोरखा, बैशाख १३ – गोरखाको खरिबोट गाविसमा एमाले जिल्ला कमिटी सदस्य गिरीधारी सापकोटामाथि बिहीबार राति कुटपीट भएको छ ।

हंशपुरका दुर्गा धिताल, विनोद धिताल र कृष्ण धिताल सहितको समूहले राति ९ बजेतिर घरमै आएर कुटपीट गरेका पीडितले बताएका छन् ।

उनीहरुले ८५ वर्षीया आमा जोगमाया, श्रीमती शान्ता, छोरा दिवस, छोरी अनुपा र दीपालाई पनि कुटपीट गरेका छन् । आँखामा चोट लागेका सापकोटाको भच्चेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

How about this Article

No comments:

Leave a Reply