एसएलसीः यसपटक काठमाडौंले डिस्टिङसन अपेक्षा नगरे हुन्छ
१४ वैशाख,काठमाडौ। तपाइको छोरा, छोरी आफन्त वा आफैले प्रवेशिका परिक्षा (एसएलसी) दिएका छन भने विशिष्ठ श्रेणी (डिस्टिङसन)को अपेक्षा नगरे हुन्छ। त्यसमापनि काठमाण्डौका बोडिङमा परेका हुन भने, यसबर्ष डिस्टिङसन ल्याउन फलामको चिउरा चपाउनु सरह हुनेछ ।
गत चैत पहलिो साता सम्पन्न एसएलसी परिक्षमा सामाजिक शिक्षा तर्फ दुइतिनवटा प्रश्नले केटाकेटीको चिलिम फर्काइदिइको हो । देशका नेताले समेत पत्तो नपाएको र राजनीति शास्त्रमा एमए पढदै गरेका विद्यार्थीले लेख्न नसकेको एउटा प्रस्न सोधियो एसएलसीका केटाकेटीलाइ ।
१५ नम्बरको एउटा प्रस्न यस्तो थियो–‘संविधानसभाले संविधान बनाउन नसक्नुको कारण के हो ?’ यो प्रश्न देख्दा वित्तिकै केटाकेटीको सातो गएको थियो । त्यस्तो प्रश्न देखेपछि काठमाण्डौका ठूला बोडिङ स्कूलमा पढेका केटाकेटीले आशुले कापी भिजाएका थिए ।
परिक्षा नियन्त्रण कार्यालय भने त्यो प्रश्न पाठ्यक्रममा आधारित भएर नै सोधिएको दावी गरेको छ । ‘सारा संसारले थाहा पाएको बिषय एसएलसी दिने बिद्यार्थीले थाहा पाउदैनन भन्ने कुरा हुन सक्दैन, परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपूरका परिक्षा नियन्त्रक खगराज वरालले भने–पाठ्यक्रममा आधारित भएर नै सोधिएको हो ।’
स्वंय चारबर्षसम्म भत्ता खाएका सभासदले थाहा नपाएको कुरा ‘बोइलर कुखुरा’ जस्ता बोडिङका विद्यार्थीले कसरी लेखेका होलन ? त्यसैले त काठमाण्डौका नाम चलेका बोडिङका विद्यार्थी रुदै-रुदै निस्किएका थिए । जटिल प्रश्नका कारण यसबर्ष परिक्षामा उत्र्रिण प्रतिसत घटन सक्ने एकजना शिक्षाविद बताउछन।
संविधानसभाभंग हुनुको उत्तर के लेखेको भए सही हुन्थ्र्यो त ? ‘राजनीतिक दलहरुबीच सहमति जुटन नसकेकोले र संघीयतामा विबाद बढेकोले, यत्तिमात्र लेखेभने विद्यार्थीले थोर बहुत नम्बर पाउने छन’ सानोठिमि स्रोतले भन्यो ।
निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का एकजना जिम्मेवार पदाधिकारी सामाजिक शिक्षा तर्फ सोधिएकाजटिल प्रश्नका कारण विशिष्ठ श्रेणी ल्याउनु निकै चुनौती पूर्ण रहेको बताए । मध्यमाञ्चलका लागि सोधिएकाअन्य प्रश्नमा पनि काठमाण्डौका ‘ब्रिलेन्ट’ विद्यार्थी चिप्लीएका छन ।
डा रामबरण यादव कहिले राष्टपति निर्वाचित भएका थिए ? जस्ता प्रश्नहरु केटाकेटीका लागि फलामे ढोका उघार्नु जत्तिकै थियो । प्रश्न गलत थियो कि थिएन भन्दापनि अब एसएलसीका विद्यार्थीले पनि देशको राजनीतिक घटनाक्रमवारे जानकारी राख्नु पर्ने समय आएको परिक्षा नियन्त्रक बराल बताउछन ।
नतिजा असार पहिलो साता अगावैः
परिक्षा नियन्त्रण कार्यालयले एसएसलीको कापी जाच्ने र नम्बर चढाउने काम युद्धस्तरमा गरिरहेकोले नतिजा जेठ अन्तिम साता वा ढिलोमा असार पहिलो साता सार्वाजानिक हुनेछ । ‘परिक्षा सकिएको तीन महिना भीत्रमा नजिता प्रकाशन गर्नुपर्ने व्यबस्था छ, नियन्त्रक बराल भन्छन–समयमै प्रकाशित हुनेछ ।’

No comments: