रेग्मीले मसीरमा चुनाव गराउछु भन्दा स्कुले केटाकेटी खित्का छाडेर हासेँ
शनिवार मध्यबानेश्वरमा रहेको रत्न राज्य लक्ष्मी स्कुलको ५२ औ बाषिर्क उत्सव कार्यक्रममा रेग्मीले मंसीरमा संविधानसभा निर्वाचनको कुरा गर्दा स्कुले विद्यार्थी खित्का छाडेर हासेँका हुन् । विद्याथीले प्रमुख अतिथिको कुरालाई खिल्ली उडाएपछि मास्टरहरूले समेत पसिना निकालेका थिए ।
के बुझेर हासेँ होलान ?
सामान्यतया राजधानीका स्कुले केटाकेटी राजनीति बुझ्दैनन्, तर रत्नराज्य स्कुल काठमाडौका अन्य स्कुल भन्दा भिन्न छ । विद्यालयका धेरै विद्यार्थी न्युन आर्थिक हैसियत भएका परिवकारका सदस्य हुन् ।
धेरै विद्यार्थी काठमाडौका धनाढ्यको घरमा काम गर्ने कामदार हुन्, घरको काम सकाएर मात्र उनीहरू स्कुल आउँछन् । गरिब समूदायका विद्यार्थी भएका कारण नीजि विद्यालयमा पढ्ने भन्दा यीनीहरुमा थोर बहुत राजनीतिक चेतना छ ।
हास्नेमध्येका एक विद्यार्थी मध्यबानेश्वरमा एकजना नेताको घरमा बस्ने कामदार थिए । रेग्मीले भाषण गर्दा उनीहरू हाँस्न व्यस्त थिए । नेपालीहेडलाइन्सको जिज्ञासामा एकजना विद्यार्थीले भने,'नेताहरूले संविधानसभा/संविधानसभा भन्दा हामीलाई त्यो के होला भन्ने लागेको थियो, आजपनि हजुरबाले चुनाव गराउँछु भनेर लाष्ट हसाँउनु भयो, हामीले थाम्न सकिएन हासिँयो ।'
यसले के पनि बुझाउँछ भने नेताहरू कुरा अब सामान्य विद्यार्थीले पनि पत्याउन छाडिसकेका छन् । जनतालाई सँधै निर्वाचन र संविधान निर्माणको कुरा गरेर अल्झाइरहेका नेताले अब के बुझ्न जरूरी छ भने अब जनताले यस्ता मिठा र भद्र पाराका कुरामा विश्वास गर्ने छैनन् । नेपाली जनताले सबैभन्दा पहिले नेताबाट काम चाहेका छन् नेताका चिल्ला कुरा होइन् । सामान्य विद्यार्थी समेत नेताका कुराबाट यसरी हास्छन् भने जनता ती नेताहरूको कुरा सुनेर कति आक्रोशित होलान् र कति रिसाउँलान् त्यो बुझ्न जरूरी छ हाम्रा प्रिय नेताहरूले ।

No comments: