Breaking News

आईपीएलमा कोलकत्ताद्धारा पन्जाव ६ विकेटले पराजित


१४ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाइट राइडर्सले किङ्ग्स इलाभेन पन्जावलाई ६ विकेटले पराजित गरेको छ ।
शुक्रबार राति पहिले व्याटिङ गरेकको पन्जावले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४९ रन बनायो । जवाफमा मैदान उत्रिएको कोलकत्ताले १८ मशमलव २ ओभरमा मात्र ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । उसको जितमा मनभिन्दर बालाले ५१ र इयान मोर्गानले ४२ रन जोडे ।
प्रतियोगिता अन्तरगत आज पहिलो खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद भिड्ने छन् भने अर्को खेलमा मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर भिड्नेछन् ।

How about this Article

No comments:

Leave a Reply