Breaking News

नेपाली भूमिमा भारतीय झण्डा

१४ वैशाख, मोरङ। भारतको कुनै सरकारी कार्यालय परिसरको हो कि जस्तो लाग्ने वरिपरि तारजाली लगाइएको र भारतीय झण्डा फहराइएको यो महल कुनै भारतीय भूमिको नभई मोरंग जिल्लाको विराटनगर १७ मलाया रोडमा छ। यो त्यही घर हो, जसलाई मोहन वैद्यको नेतृत्वको माओवादीसमूहले तत्कालै हटाउन नेपाल सरकार र भारतीय दूताबाससँग बारम्बार माग गर्दै आएको छ।
भारतीय झण्डा फहराई कडा सुरक्षा दिइएको यस घरलाई भारतीय दूताबासको फिल्ड अफिस नाम दिइएको छ। तर, यो कार्यालय हटाउन अघिल्लो सरकारका पालामा नेपाल सरकारले दूताबासलाई लिखित पत्राचार गरिसक्दा पनि भारतले यसलाई अटेर गरेर राखिरहेको छ। अझ केही व्यक्तिहरुलाई उचालेर भारतीय पक्षले उक्त कार्यालय हटाए नेपालकै अहित हुने लविङसमेत भइरहेकोछ। भारतमा बेलायती साम्राज्यले शुरुमा व्यापारका लागि इष्ट इण्डिया कम्पनी खोलेर त्यसैका माध्यमबाटसिंगै देश नियन्त्रणमा लिए झैं विराटगरमा खोलिएको फिल्ड कार्यालयको कथा पनि ठ्याक्कै मिल्ने गरेको छ। सन् २००८ मा कोशी नदीका बाढीपीडितका लागि भनेर यो कार्यालय स्थापना गरिएको हो। सामान्य टेबल र कुर्ची राखेर खडा गरिएको कार्यालय नेपाल सरकारले सन् २०११ मै हटाउन निर्देशन दिएको भए पनि परराष्ट्रमन्त्र -ालयले दुई वर्ष पहिले नै कार्यालय हटाउन दूतावासलाई पत्र लेखे पनि भारतीय दूतावासले नेपाल सरकारको आग्रहलाई पूरै बेवास्ता गरेको थियो। सो कार्यालयलाई विस्तार गरेर अधिकृतस्तरको कर्मचारी राख्नुका साथै बरगाछीबाट कार्यालय सारेर मुख्य बजारमा पुर्यासयो। दूतावासले अटेर गरेपछि गत फागुनदोस्रो साता तत्कालीन परराष्ट्रमन्त्र -ी नारायणकाजी श्रेष्ठले दूतावासलाई फिल्ड कार्यालय हटाउन अर्काे पत्र लेखेका थिए। दूतावासले नेपाल सरकारको पटक पटकको निर्देशनलाई बेवास्ता गर्दै अहिलेसम्म कार्यालय हटाउन चासो दिएको छैन।
कोशीपूर्व भारतीयहरुले कार्यालय स्थापना गरेर नेपालको विकास निर्माण एवं अन्य राजनीतिक मामिलामाचर्काे हस्तक्षेप गर्दै आएका छन् भने मिथिला क्षेत्रमा प्राकृतिक सम्पदाको दोहन गरेर ढुंगा, गिटी र बालुवा भारत ओसार्ने काम पनि भैरहेको छ। भारतको सडक विस्तारसँगै नेपालको प्राकृतिक सम्पदामाथि ठूलो दोहन भारतीय पक्षबाट भइरहेको छ।

How about this Article

No comments:

Leave a Reply