Breaking News

डा. भट्टराईलाई एमाले उपाध्यक्ष भनिदिएपछि...

baburam bhattrai१४ बैशाख, काठमाडौ । एमालेको नाम समेत सुन्न तयार नहुने एकीकृत माओवादीका उपाध्यक्ष डा. बावुराम भट्टराइलाई एक सार्वजानिक कार्यक्रममा एमाले उपाध्यक्ष भनेर संवोधन गरेपछि हंगामा भएको छ । 

अष्ट्रेलियामा शनिबार भएको कार्यक्रममा माओवादी भातृ संगठन जनप्रगतिशील मोर्चाका अध्यक्षले भट्टराइलाई एमाले उपाध्यक्ष भनेर सम्बोधन गरेपछि भट्टराई रूष्ट बनेका हुन् ।
उनले एमालेलाई लिङ नछुट्टिएको उभयलिङी पार्टीको संज्ञा दिदै आएका उनलाई आफ्नै कार्यकताले एमाले उपाध्यक्ष बनाइदिएपछि भट्टराईको अनुहारमा चिटचिट पसिना आएको थियो । 
अष्ट्रेलियाको सिड्नीस्थित माराना अडिटोरियम हलमा रहेका हजार भन्दा नेपालीबीच हाँसोको पर्रा छुटेको थियो । कतिपयले बाबुरामलाई एमाले उपाध्यक्ष भनेर संवोधन गरिएकोमा कतिपयले ताली बजाएका थिए । 
बावुरामलाई एमाले उपाध्यक्षको विल्ला भिराइदिने जनप्रगतिशील मञ्चका अष्ट्रेलियाका अध्यक्ष प्रविण कडेलले हात जोडेर माफी मागेपछि मात्र बाबुराम मुस्कुराएका थिए । 
माओवादी अध्यक्ष प्रचण्डले एमाले भन्ने पार्टी नै सिद्धियो, विर्षजन भयो भनेको एक साता बित्न नपाउदै एमाओवादीका वरिष्ठ नेता भट्टराई माथी एमाले उपाध्यक्षको विल्ला लागेको हो ।

How about this Article

No comments:

Leave a Reply