Breaking News

सडकमै लेखिन्छ संविधान

mohan vaidya७ जेठ, काठमाडौँ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्ना माग सुनुवाई नगरेमा आन्दोलनका बलमा सडकबाट संविधान लेखिने बताएका छन् ।
सहिद कृष्ण सेन ‘ईच्छुकको’ स्मृतिमा निर्मित नाटक ‘उनी मरेका छैनन्’को प्रदर्शनीको शुभारम्भ गर्दै अध्यक्ष वैद्यले २५ बुँदे बाधा–अड्काउ फुकाउ खारेज नभएसम्म देशले निकास पाउन नसक्ने बताएका छन् । उनले भने, “गोलमेचसभा गरी दलहरूबीचबाटै नयाँ प्रधानमन्त्री चयन गरेर , विगतका कमी कमजोरी सच्याउँदै नयाँ संविधान लेख्ने प्रक्रियामा अगाडि बढाउनुपर्छ ।”
अध्यक्ष वैद्यले २००७ सालको क्रान्तिदेखि नेपाली जनतालाई पटक–पटक धोका दिइएको उल्लेख गर्दै फेरि पनि नेपाली जनतालाई धोका दिने षड्यन्त्र भइरहेको बताए ।
उनले नेपाली जनतालाई फेरि धोका दिइए त्यो आफूहरूलाई सह्य नहुने बताउँदै त्यसो गरिए सडकबाटै नयाँ संविधान बनाउँने र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने जिकिर गरे ।
इच्छुक बहुमुखी प्रतिभाका धनी भएको चर्चा गर्दै अध्यक्ष वैद्यले उनको शहादतले नेपालको वामपन्थी आन्दोलन र प्रगतिशील साहित्यको क्षेत्रमा अपुरणीय क्षति पुगेको धारणा राखे । रासस

How about this Article

No comments:

Leave a Reply