पूर्व राजा चुनाव लड्न स्वतन्त्र छन्
क्रान्तिकारी पत्रकार सङ्घ बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'दलहरूले स्विकार्छन् र पूर्वराजाले चाहन्छन् भने कुनै पनि दलको टिकटमा चुनाव लड्न पाउने उनको अधिकार पनि हो ।'
राजनीतिमा सँधै सम्भावनाको ढोका खुला हुने बताउँदै उनले यदी कोही व्यक्ति सच्चिएर निर्वाचनमा आउँछ र जनताको राजनीति गर्न चाहन्छ भने त्यसमा कोही पनि पूर्वाग्रही हुन नहुने बताएका छन् ।
नेता महराले संविधानसभा निर्वाचनको माहोल अहिले उत्साहजनक देखिएको बताउँदै सरकारले निर्वाचनसम्बन्धी विषयमा आवश्यक गृहकार्यपछि चुनावको मिति घोषणा गर्ने विश्वास व्यक्त गरेका छन् ।
उमले निर्वाचन प्रक्रियाको विपक्षमा उभिएका दललाई सहमतिमा ल्याएर निर्वाचन गर्नुपर्ने बताउँदै त्यति हुँदाहुँदै पनि सहतमि हुन नसके निर्वाचन रोक्न नहुने बताए ।

No comments: