Breaking News

अचम्मको मोबाइल आउँदै, अब हात नै मोबाइल..

phone on palm७ जेठ, काठमाडौ। तपाईको हातमा केही देखीन्न, कानमा पनि केही राख्नु भएको छैन्, तपाईसंग कुनै उपकरण छैन् तैपनि तपाई फोन गर्न सक्नु हुन्छ। तपाईलाई सुन्दै अचम्म लाग्न सक्दछ।  तर, अब यो कल्पना साँचो हुने भएको छ ।
प्रविधीले अभुतपुर्व विकास गर्दै जाँदा पत्याउनै नसकिने कुरा आविश्कार हुन थालेका छन्। खोजकर्ताहरुले यस्तो मोवाइल फोन प्रविधीको विकास गरेको बताइका छन् । जुन तपाई हातमै जोडिनेछ ।
यो प्रविधीमा एउटा विशेष किसिमको क्यामेराको प्रयोग गरिन्छ जो हाइ स्पिड भिजन र दुइ घुम्ने ऐनासंग जोडिएको हुन्छ ।
युनिभर्सिटी अफ टोकियोका मासातोशी इशिकावा र उनका सहयोगी हाल यो प्रविधीमा काम गर्देछन् । यो मोबाइल फोन मानिसको हातमा किबोर्डको रुपमा देखिनेछ । फोन बाहेक प्रयोगकर्ताले यो उपकरणलाई मोवाइका अलावा रिमोटको रुपमा समेत प्रयोग गर्न सक्दछन ।
इशिकावाका अनुसार यो मोवाइलमा यस्तो फिचर हुन्छ जसले दुइ मिलि सेकेण्डमा थृीडी अब्जेक्ट डिटेक्ट गर्दछ। हाइस्पिड भिजनले चारौ तरफ रहेका वस्तुहरु ट्र्याक गर्दछ । यो प्रविधीले प्रयोगकर्ताले मोवाइलको फोनको तस्विर आफ्नो हातमा सेट गर्न सक्दछन् ।

यसरि हातनै मोवाइल फोन बन्दछ।  इशिकावाका अनुसार हातमा ३ ग्राम बस्तु राखेको जस्तै अनुभव हुन्छ । आगामी दुइ वर्षुभित्र यो प्रविधी बजारमा आइसक्ने बताइएको छ ।

How about this Article

No comments:

Leave a Reply