Breaking News

नायीका प्रियंका आश्चर्यमा, धुरु धरु रोइन पनि

priyanka chopra oneभारतकी नायीका तथा पूर्व मिस वर्ल्ड प्रिंयका चोपडा एक स्कुलमा पुग्दा निकै आश्चर्य चकित भएकी छिन् । नयाँ दिल्लीको एक स्कुलमा घुम्न जाने क्रममा विद्यार्थीले उनको जीवनी पढीरहेको देखेपछी उनी चकित भएकी हुन् ।
कक्षा ५ मा पढ्ने विद्यार्थीले आफ्नो जीवनी पढिरहेको देखेपछी नायीका प्रियंकाको गला समेत अवरूद्ध भएको थियो । उनी आँसु झारेर रोइन पनि ।
उनले आफ्नो जिवनीका सन्दर्भमा एउटा पुरै च्याप्टर नै देखेपछी उनको खुसीको सिमा नै थिएन ।
उनको उक्त जिवनीमा उनका परिवारका तस्विरका साथै उनी मिस वर्ल्ड हुँदाको तस्विर समेत उक्त पाठ्यक्रममा राखिएको छ । सन् २००० मा मिस वर्ल्डको ताज पहिरिएकी उनको उक्त ताज सहितको तस्विर पाठ्यपुस्तकमा राखिनु निकै हर्षको विषय भएको उनले प्रतिक्रियामा भनेकी छिन् ।
उनले आफ्नो जिवनी किताबमा देख्दा आफू निकै अचम्मित भएको समेत बताइन् ।
उनी उक्त विद्यालय एक कार्यक्रमका शिलशिलामा पुगेकी थिइन् । उक्त विद्यालयका प्रध्यानाध्यापकका अनुसार सायद यसरी पाठ्यक्रममा नायीकाको जीवनी समावेश गरिएको यो भारतमा नै पहिलो पटक हो ।

How about this Article

No comments:

Leave a Reply