एमाओवादीलाइ ठीक पार्न कांग्रेस र एमाले बैठकमा !
र्बैठकमा निर्वाचन ऐनमा सिफारिस गरिएको एक प्रतिशतको थ्रेसहोल्ड, उम्मेद्वारको योग्यता, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, संविधानसभा सदस्य संख्या लगायतका विषयमा समान धारणा बनाइनेछ ।
एमाओवादी र मधेसी मोर्चामा रहेका दलहरुले निर्वाचन थ्रेसहोल्ड र फौजदारी अभियोग लागेकालाई उम्मेद्वार बनाउन नहुने को विपक्षमा उभिएपछि सरकारले निर्वाचन ऐन अध्यादेश तयार गर्न सकेको छैन ।
विशेष गरि थ्रेस होल्ड,उम्मेवार योग्यता लगाएका विषयमा साझा धारणा बनाइ एमाओवादीलाई दबाब दिने उदेश्यले बैठक बसेको बताइएको छ।
निर्वाचन ऐनका विषयमा दलहरुबीच सहमति नजुटेका कारण नै सरकारले निर्वाचनको मिति समेत घोषणा गर्न सकेको छैन । बैठकमा चुनावको विपक्षमा रहेर आन्दोलन गरिरहेका दलहरुलाई उच्चस्तरीय राजनीतिक समितिमा ल्याउने विषयमा पनि छलफल हुनेछ ।
कांग्रेस र एमालेको संभावित चुनावी गठबन्धन प्रति दुवै दलका केही नेताले विरोध जनाएपछी शीर्ष नेताहरुले भने इन्कार गरिसकेका छैनन्। आगामी चुनावमा दुवै दलले मुख्य प्रतिष्पर्धीको रुपमा एमाओवादीलाइ मानेका छन् ।

No comments: