Breaking News

मिसाइल परिक्षण गरेर भारतले धम्क्यायो चीनलाई

nirbhay-missile८ जेठ, एजेन्सी । भारतले आज एक मिसाइल परिक्षण गरेको छ । भारतले ब्रम्होस नामको सुपरसोनिक मिसाइल परिक्षण गरेको हो । 
भारतले उक्त मिसाइल गोवा कोस्टबाट परिक्षण गरेको बताइएको छ । चीनीयाँ प्रधानमन्त्री भारत भ्रमणमा नै रहेका बेला भारतले यस्तो मिसाइल परिक्षण गरेको हो । 
 
आज मात्र पाकिस्तान जान लागेका चिनीयाँ प्रधानमन्त्री लि केगियाङ भारतमा नै रहेका बेला मिसाइल परिक्षण गरिनुले गम्भिर अर्थ राख्ने जानकारहरू बताउँछन् । 
 
भारत भ्रमणमा आएका चीनीयाँ प्रधानमन्त्री पाकिस्तान जाने बताइएपछि भारतले यसो नगर्न भन्दै मिसाइल परिक्षण गरेको हुन सक्ने समेत उनीहरुको धारणा छन् । 
 
पाकिस्तान कट्टर शत्रुको रूपमा रहेको र चीनसँग सम्बन्ध विस्तार गर्न निकै इच्छक देखिएको भारतले पाकिस्तानमा सकेसम्म चीनीयाँ भ्रमणका लागी जान नहुने तर्क समेत गरिन थालेको छ । 
 
भारत र पाकिस्तानबीचको विवाद चिनसँगको भन्दा कडा भएको कारण पनि भारत सरकार चीनीयाँ प्रधानमन्त्रीसँग खुसी देखिएको छैन् भने भारतले आफू पनि शक्ति राष्ट्र हो आफूहरूलाई नजिस्क्याउन भन्ने सन्देश दिनपनि भारतले मिसाइल परिक्षण गरेको हुन सक्छ ।

How about this Article

No comments:

Leave a Reply