Breaking News

काठमाडौमा भिषण वर्षा, सडकमा मोटर होइन् डुङगाको आवश्यक्ता

९ जेठ, काठमाडौ । काठमाडौमा भिषण वर्षा भएको छ । निकै ठुलो पानी परेपछी काठमाडौका सडकहरूमा ताल जमेको छ । 
बाटोमा हिड्न समेत निकै अप्ठ्यारो भएको छ । सडकमा पानी जमेर गाडि समेत चल्न नसक्ने अवस्थामा पुगेको छ । बाटोभरी पानी जमेको तथा बाटोमा रहेको खाल्डाखुल्डि समेत नदेखिने भएपछी केही सवारी साधनहरू समेत फसेका छन् भने केही सवारी साधन बाटोको बीचमा नै पल्टिन पुगेका छन् । 
यसरी पानी ठूलो परेर हिड्न नै गाह्रो भएपछी अब काठमाडौमा वर्षातको समयमा सवारी साधन भन्दापनि डुङ्गाको प्रयोग गर्नुपर्ने देखीन्छ । डुङ्गा भए कम्तिमा पानीमा तैरिएर हिड्न त पाइन्छ । 
टेकुको बाटोमा हिड्न नसकेर निकै सास्ती खेपेका एक बटुवाले भने, 'काठमाडौमा सवारी साधनको कुनै काम नहुने भयो । डुङ्गा नै ल्याउनुपर्ला जस्तो छ ।' यसरी बाटो नै ताल बनेपछी ती वटुवाको प्रतिक्रिया सुन्दा साच्चै हो कि भन्ने पनि भान परेको छ । 
काठमाडौका जमल, टेकु, केशर महल, भोटेबहाल, त्रिपुरेश्वर, पुतलीसडक, पुल्चोक, कुपण्डोल, लाजिम्पाट, मैतिदेवी लगायतका मुख्य बजारहरू जलमग्न बनेका छन् । पानीको उचित निकास नहुँदा सडकमा पानी जमेर ताल बनेपछी आवतजावत गर्न निकै कठिनाई भएको छ । अफिसको काम सकेर घर निस्कने बेला परेको पानीले धेरैलाई अफिसमा नै अड्किएका छन्, कर्मचारी तथा सर्वसाधारण । 
पानी बाटोमा जमेका कारण र वेलुकीको पिक आवर समयका कारण उपत्यकाका मुख्य मुख्य चोकहरुमा सवारी चाप रहेको छ । बिशेषगरी, जमल, केशरमहल, लाजीम्पाट, नारायणगोपालचोक चावहिल, गौशाला, नयाँबानेश्वर, पुरानोवानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालीमाटीमा सवारी साधनको चाप रहेको छ । यस बाहेक भोटेवहाल, मैतिदेवी, पुतलीसडक, केशरमहल, जयनेपाल, नागपोखरी, सिंहदरवार, बालाजु, सातदोवाटोमा भने केहि समय पालो पर्खनु पर्ने अवस्था रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । 
पानी परेर ताल नै बनेपछी बाटो किनारका पसलहरूमा समेत पानी पसेको छ ।

How about this Article

No comments:

Leave a Reply