ताप्लेजुङमा हिमपहिरोमा परी ५ जनाको मृत्यु
९ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विश्वकै तेश्रो अग्लो कञ्चनजंघा हिमाल आरोहण गरेर फर्कंदै गरेका ५ जनाले ज्यान गुमाएका छन् ।
हिम पहिरोमा दुई जना हङगेरियन, एक जना कोरियन र दुई जना नेपालीले ज्यान गुमाएको बताइएको छ । जेठ ६ गतेनै मृत्यु भएपनि स्थानियले बिहीबार मात्रै उक्त घटना सार्वजनिक गरेका हुन् । उनीहरूको शव अहिलेपनि ७ हजार ५ सय मिटर उचाईको चौथो बेसक्याम्पमा रहेको बताइएको छ । उनीहरू सेभेन समिट ट्रेकिङ एजेन्सी र छोयु टे्रकिङ एजेन्सीबाट त्यहाँ गएका थिए ।
साउथ बेसक्याम्प हुँदै आरोहण गरेको टोलीको अझै सम्मपनि उद्धार कार्य नभएको त्यहाँ एक स्थानीय बासीले बताएका छन् । तर, मृत्युहुनको नाम भने खुलेको छैन । कञ्चनजंघा संरक्षण आयोजनाले भने आफूहरुलेपनि सुनेको तर, आधिकारीक पुष्टि भइनसकेको बताएको छ ।
टेलिफोन सम्पर्क नहुने उत्त स्थानबाट भरियाहरु याम्फुदिन आएपछि मात्रै आफूहरुलाई जानकारी भएको स्थानीयबासिले बताएका छन । स्याटलाईट फोनको माध्यमबाट कम्पनिलाई भने जानकारी भइसकेको स्थानीयले बताएका छन् ।

No comments: