Breaking News

सपथ खाएपछी अध्यक्ष थापाले भने 'मिति तत्काल घोषणा हुनुपर्छ'

surya bahadur thapa१३ जेठ, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर थापालगायत ७६ जना केन्द्रीय सदस्यहरुले आइतबार सपथ ग्रहण गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले अध्यक्ष थापा तथा विशेष समितिका सदस्य लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर राणा र डा प्रकाशचन्द्र लोहनीलगायत ७१ निर्वाचित र पाँच मनोनीत केन्द्रीय सदस्यलाई पार्टीको विधानअनुसार सपथ ग्रहण गराइएको हो ।
सपथ ग्रहणपछी अध्यक्ष थापाले संविधानसभाको दोस्रो निर्वाचनको मिति तत्काल घोषणा हुनुपर्ने माग राखेका छन् । उनले मङ्सिरभित्रै निर्वाचन सम्पन्न हुनुपर्नेमा माग गर्दै सम्पूर्ण निर्वाचित केन्द्रीय सदस्यलाई आ-आफ्नो क्षेत्रमा निर्वाचनका लागि जुट्न निर्देशन दिएका छन् ।
राप्रपा र राजपाबीच यही जेठ ३-५ गतेसम्म एकता महाधिवेशन भएको थियो ।

How about this Article

No comments:

Leave a Reply